दुर्घटनामा घाइते हेटौंडाका वृद्धको मृत्यु
मकवानपुर । सवारी दुर्घटनामा परेर घाइते भएका हेटौंडाका एक वृद्धको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ निवासी थिङको असार १७ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, ८६ वर्षीय थिङलाई असार ५ गते हेटौंडा–१२, पदमपोखरीमा प्रदेश ३–०१–०२४ च ३९६७ नम्बरको पिकअप गाडीले ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारको लागि उद्दार गरी हेटौंडा अस्पतालमा लगिएको थियो ।
चितवनमा उपचारपश्चात डिस्चार्ज भएर असार १० गते घर फर्केका थिङलाई असार १७ गते सोमबार स्वास्थ्य अवस्था ठिक नभएपछि हेटौंडा अस्पतालमा दिउँसो ४ बजे ल्याइएकोमा डाक्टरले ४ बजेर १५ मिनेटको समयमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
