५०० र १००० को नोटमा प्रतिबन्ध लगाउन सांसद्को माग

तु खबर संवाददाता
२०८१ असार १८, मंगलवार १६:१७

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद कमला पन्तले ५ सय हजार र एक हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाउन माग गरेकी छन् ।

राष्ट्रिय सभाको मंगलबार बैठकमा विनियोजन विधेयकमा विभिन्न मन्त्रालयको शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद पन्तले यस्तो माग गरेकी हुन् ।

साथै उनले पञ्चशीलको सिद्धान्तलाई लागू गर्न पनि माग गरिन् । उनले कहिले कुन देशसँग नजिकिने र कहिले कुन देशसँग नजिकिने परिपाटी अन्त्य गर्न आग्रह गरिन् ।