मानव अधिकार आयोग हेटौंडाको आयोजनामा अन्तरक्रिया
मकवानपुर । मकवानपुरको हेटौंडामा जिल्लाभित्र घटेका मानव अधिकार उलङ्घनका घटनाहरुका बारेमा अधिकारकर्मीहरुसँग छलफल कार्यक्रमको आयोजना गरिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग हेटौंडाले सोमबार यौनजन्य र्दुव्यवहार, मानव बेचबिखन, लागुऔषध र्दुव्यसनी, बालविवाह, घरेलु हिसांलगायतका विषयमा उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
अन्तरक्रियामा जिल्लाभित्र रहेर मानव अधिकारसम्बन्धि काम गरिरहेका माईती नेपाल, सिभिल बाल हेल्प लाईन, अस्मिता नेपाल, गैसस, मामाघर नेपाल, फ्रेण्डस हेटौंडा लगायतका संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
