समाचार

पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने विभिन्न सडकखण्ड अवरुद्ध

मकवानपुर । अविरल वर्षाका कारण पहिरो जाँदा बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने विभिन्न सडकखण्ड अवरुद्ध भएको छ । पहिरोका कारण भीमफेदी–फाखेलतर्फको सडकखण्ड आज बिहानैदेखि अवरुद्ध बनेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ५, महालक्ष्मी खोलामा पहिरो जाँदा भीमफेदी–फाखेल–मातातीर्थ सडकखण्ड अवरुद्ध भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक...

जसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको जसपाको बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्य गर्ने सहमति भएपछि जसपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता...

हेटौंडा औद्योगिक क्षेत्रमा बहुर्राष्ट्रिय कम्पनी स्थापना गर्न उद्यमी उत्साहित

मकवानपुर । मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रमा बहुर्राष्ट्रिय कम्पनी स्थापना गर्न उद्यमी उत्साहित देखिएका छन् । अहिले नयाँ बहुर्राष्ट्रिय कम्पनीहरु स्थापना गर्ने क्रममा उद्यमीहरुले प्रतिस्पर्धा गर्दै औद्योगिक क्षेत्र व्यवस्थापनसँग नियमित सम्पर्कमा आउन थालेका हुन् । सो औद्योगिक क्षेत्रको परिसर भित्र अहिले विभिन्न १५ वटा निर्माणाधिन उद्योगमध्ये ७ वटा उद्योगहरुले भवन...

हेटौंडाका महिलाहरुलाई ठेकी बनाउने तालिम

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ का महिलाहरुलाई डेकी बनाउने तालिम दिइएको छ । हेडम्बा डेभलोपमेन्ट एडभाइजर फाउण्डेसन हेटौंडाले हेटौंडा उपमहानगरपालिका रोजगार शाखाको सहयोगमा हेटौंडा–५, का आर्थिक अवस्था न्यून भएका महिलाहरुलाई काठको ठेकी बनाउने तालिम दिएको हो । ३० दिनको तालिम प्रदान गरेसँगै उनीहरुले ठेकी बनाउन थालेका...

उपप्रमुख बानियाँद्वारा हेलो सेवा प्रालिको कार्यालय उद्घाटन

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले हेलो सेवा प्रालिको कार्यालय उद्घाटन गरेका छन् । उपप्रमुख बानियाँले बिहीबार एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ स्थित कार्यालयको उद्घाटन गरेका हुन् । सो क्रममा बोल्दै उपप्रमुख बानियाँले यस कार्यालयसँग सहकार्य गरेर काम गर्न स्थानीय सरकार तयार रहेको बताए । कार्यबाहक नगर...

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी र मोरङ जिल्लाको छु्ट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–११ मंगलबारे चोकबाट नियन्त्रित लागूऔषध स्पास्पेन ५ सय ५५ ट्याव्लेट र ट्रामोल २ सय ७० क्याप्सुलसहित २ जनालाई शुक्रबार...

सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किँदा १० जना घाइते

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्वर ४ मा रहेको इलेक्ट्रिक हाइड्रो पावरको ढलान भत्किँदा १० जना घाइते भएका छन् । उक्त हाइड्रो पावरको ढलान भत्किँदा १० जना मजदुर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीका अनुसार, अहिलेसम्म फसेका १० जनाको उद्धार गरिएको छ । बाँकी...

बीमा सर्भेयरको परीक्षा असार २७ गतेबाट

काठमाडौं । बीमा सर्भेयरको परीक्षा यही असार २७ गते बिहीबारबाट सुरु हुने भएको छ । नेपाल बीमा प्राधिकरणले एक सूचना सार्वजनिक गर्दै प्राधिकरणले बीमा सर्भेयरको परीक्षा असार २७ गते गर्ने जानकारी गराएको हो । परीक्षा बिहान ११ बजेदेखि १२ः३० बजेसम्म अनलाइन मार्फतसञ्चालन गरिने जारी सूचनामा उल्लेख गरिएको छ ।...

बागमती प्रदेशमा ४ सय ८२ जना डेंगु संक्रमित फेला

काठमाडौं । बागमती प्रदेशमा ४ सय ८२ जना डेंगु संक्रमित फेला परेका छन् । देशभर १ हजार ४ सय ३२ संक्रमितमध्ये बागमतीमा मात्रै सो संख्यामा डेंगु संक्रमित फेला परेका हुन् । उक्त तथ्याङ्क इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सार्वजनिक गरेको हो । यसैगरी, कोशी प्रदेशमा ३ सय...

५० लाख नगद र १६९ ग्राम सुनसहित पक्राउ

काठमाडौं । प्रहरीले ललितपुरबाट ५० लाख नगद र झन्डै १७० ग्राम सुनसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत महाराष्ट्र प्रदेश ललितपुर ताल्छिखेल बस्ने २८ बर्षका युवराज विभुते, सोही स्थानका विक्रम यलवर, अभिषेख विभुते तथा भक्तपुर सूर्यविनायक बिरुवा बस्ने सिद्धान्त चौलागाई र ललितपुर महालक्ष्मी ८ बस्ने यसवन्त...