बीमा सर्भेयरको परीक्षा असार २७ गतेबाट
काठमाडौं । बीमा सर्भेयरको परीक्षा यही असार २७ गते बिहीबारबाट सुरु हुने भएको छ ।
नेपाल बीमा प्राधिकरणले एक सूचना सार्वजनिक गर्दै प्राधिकरणले बीमा सर्भेयरको परीक्षा असार २७ गते गर्ने जानकारी गराएको हो ।
परीक्षा बिहान ११ बजेदेखि १२ः३० बजेसम्म अनलाइन मार्फतसञ्चालन गरिने जारी सूचनामा उल्लेख गरिएको छ ।
बीमा सर्भेयरको परीक्षा दिन इच्छुक व्यक्तिहरुले सूचना सार्वजनिक भएको मिति (असार २० गते) देखि ७ दिन भित्र प्राधिकणको आधिकारिक वेबसाईट https://surveyorexam.nia.gov.np/ मार्फत् आवश्यक विवरण भर्न सकिनेछ ।