बागमती प्रदेशमा ४ सय ८२ जना डेंगु संक्रमित फेला

तु खबर संवाददाता
२०८१ असार २२,शुक्रबार १६:१४
file-photo

काठमाडौं । बागमती प्रदेशमा ४ सय ८२ जना डेंगु संक्रमित फेला परेका छन् ।

देशभर १ हजार ४ सय ३२ संक्रमितमध्ये बागमतीमा मात्रै सो संख्यामा डेंगु संक्रमित फेला परेका हुन् ।

उक्त तथ्याङ्क इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सार्वजनिक गरेको हो ।

यसैगरी, कोशी प्रदेशमा ३ सय ५० जना, गण्डकीमा २१२ जना, लुम्बिनी प्रदेशमा १७१ जना, सुदूरपश्चिममा १५९, मधेसमा ३८ र कर्णालीमा २० जनामा डेंगु संक्रमित भेटिएका छन् ।

देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । सो तथ्याङ्क सन् २०२४ को जनवरीदेखि जुलाई सम्मको हो ।