समाचार

अवैध लागूऔषधसहित एक जना पक्राउ

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । प्रहरीले लागूऔषध खैरो हेरोइन करिब ३ ग्रामसहित रामधुनी नगरपालिका–१ शान्ति टोल बस्ने २९ वर्षीय नरेश सरदारलाई शनिबार साँझ पक्राउ गरेको जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरी...

मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते

मकवानपुर । त्रिभुवन राजपथ अन्तरगत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर १ सामरी पुल नजिकै आज दिउँसो मोटरसाइकलले ठक्कर दिँदा एक जना घाइते भएका छन् । दिउँसो १ः४० बजेको समयमा सामारीबाट हेटौंडातर्फ आउँदै गरेको प्र.३ –००५ प ७७७९ नं. को मोटरसाइकलले ठक्कर दिँदा बाख्रा चराउँदै गरेका एक पैदलयात्री घाइते...

पाल्पामा बाढीले बगाउँदा वृद्धाको मृत्यु

बुटवल । पाल्पामा अविरल वर्षासँगै आएको बाढीले बगाउँदा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको माथा गढी गाउँपालिका–६, गोठादीको माहिलाचौरकी ६८ वर्षीया रीमासरा राना रहेकी छन् । उनको रहवासस्थित चिर्तुङखोलाले खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार, कामको सिलसिलामा गोठादीको सातपोखरी...

सप्तकोसीको ५६ वटै ढोका खोलियो

विराटनगर । सप्तकोसी नदीमा पानीको बहाव उच्च भएसँगै ५६ वटै ढोका खोलिएको छ । सुनसरी प्रहरीका अनुसार, आज बिहान ९ः०० बजेको मापन अनुसार पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो झण्डा गाडिएको छ भने ब्यारेजको ५६ वटै ढोका...

शिक्षक संगठन मकवानपुरको जिल्ला परिषद् सम्पन्न

मकवानपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको १८ औं जिल्ला परिषद् शनिबार सम्पन्न भएको छ । संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालको अध्यक्षता रहेको परिषद् राष्ट्रिय सदस्य लक्ष्मी गजुरेलको प्रमूख आतिथ्यतामा सम्पन्न भएको हो । परिषद्मा १ वर्ष भित्र आफूले गरेको गतिविधिलाई समेटेर सचिव मुकुन्द न्यौपानेले साँगठनिक प्रतिवेदन पेश गरेका...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने गरी बोलाइएको हो । बैठकले पार्टीको बाँकी पदाधिकारी व्यवस्थापन गर्न कार्यविधि तथा मापदण्ड बनाएर कमिटीलाई पूर्णता दिने, पदाधिकारी चयनलगायत विषयमा निर्णय गरिने सो पार्टीका नेता सोमप्रसाद...

लियो क्लब अफ पिस थाहानगरको अध्यक्षमा खत्री

मकवानपुर । लायन्स क्लब अफ थाहा पिसको मातृत्वमा गठित लियो क्लब अफ पिस थाहानगरको वर्ष २०२४–२०२५ को लागि अध्यक्ष पदमा शिशिरकुमार खत्री निर्बिरोध निर्वाचित भएका छन् । शनिबार थाहा नगरको डाँडाघरे बाको होम स्टे फाँटबजारमा भएको बोर्ड बिस्तार कार्यक्रममा खत्री अध्यक्ष पदमा चयन भएका हुन् । निर्वाचन अधिकृत कमल...

रास्वपा संसदीय दलको बैठक स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक स्थगित भएको छ । रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको बैठक स्थगित भएको हो । बैठक विशेष कारणले स्थगित भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेका र प्रभावले देशभर साधरणतयादेखि पूर्णतया बदली रही केही प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । आज दिउँसो देशभर साधरणतयादेखि पूर्णतया बदली रहने छ भने सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ...

प्रतिनिधि सभा बैठक आह्वान

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्ने गरी आह्वान गरिएको छ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो । सो बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ...