प्रतिनिधि सभा बैठक आह्वान

तु खबर संवाददाता
२०८१ असार २३, आईतवार ०९:१२
file-photo

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्ने गरी आह्वान गरिएको छ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो ।

सो बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै, बैठकमा प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पत्ति भएको विनियोजन विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउने जनाइएको छ ।

त्यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।