शिक्षक संगठन मकवानपुरको जिल्ला परिषद् सम्पन्न
मकवानपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको १८ औं जिल्ला परिषद् शनिबार सम्पन्न भएको छ । संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालको अध्यक्षता रहेको परिषद् राष्ट्रिय सदस्य लक्ष्मी गजुरेलको प्रमूख आतिथ्यतामा सम्पन्न भएको हो ।
परिषद्मा १ वर्ष भित्र आफूले गरेको गतिविधिलाई समेटेर सचिव मुकुन्द न्यौपानेले साँगठनिक प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष भावना सापकोटाले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् ।
कार्यक्रममा शिक्षक संगठन बागमती प्रदेस समितिका महासचिव पूर्णबहादुर पूरीको विशेष आतिथ्यता रहेको थियो भने कोषाध्यक्ष लक्ष्मी चौलागाई, प्रचार विभाग प्रमुख सुनिल गौतम, सदस्यहरु बालकुमार श्रेष्ठ र लक्ष्मी अधिकारी प्याकुरेलको आतिथ्यता रहेको थियो ।
त्यसैगरी, कार्यक्रममा बागमती प्रदेस पूर्व सचिवालय सदस्य एवम् शिक्षक हीत साकोस उपाध्यक्ष मोहन शर्मा, पेशागत महासंघ बागमती प्रदेस सदस्य मोहन न्यौपाने, संगठन मकवानपुर सल्लाहकार गोबिन्दप्रसाद चौलागाई, शिक्षक महासंघ मकवानपुर अध्यक्ष जीधराज ढकाल समेतको आतिथ्यता रहेको थियो ।
