समाचार
क्यान्डिड स्टुडियोद्वारा वृक्षारोपण
मकवानपुर । हेटौंडामा सञ्चालित ‘द क्यान्डिड स्टुडियो’ ले वृक्षारोपण गरेको छ । हेटौंडा–७ न्युरेनीस्थित पशुपति मन्दिर परिसरमा १ सय ५० वटा विरुवा रोपिएको हो । बेल, अमला, कागती, तेजपात, पारिजात, जामुन सहित १३ थरिका १ सय ५० वटा विरुवा रोपिएको स्टुडियोका सञ्चालक ओम प्रसाद फुयालले जानकारी दिए । बदलिँदो...
कतिमा कारोबार हुँदैछ आज सुनचाँदी ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ सामान्य गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा सोमबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ घटेसँगै सोमबार छापावाल सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार...
एमाले बाहिरियो, बागमती सरकार अल्पमतमा
मकवानपुर । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । आज एमालेका ५ जना मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक राजीनामा बुझाएका हुन् । एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री...
घरभित्र जमेको पानीमा डुबेर शिशुको मृत्यु
धनगढी । कञ्चनपुरमा आइतबार घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–१ को पहरियास्थित एक घरमा जमेको पानीमा डुबेर ७ महिनाका सोनु धानुकको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खसेको र भुइँमा जमेको पानीमा डुबेर...
नदीमा डुबेर दुई जना बेपत्ता
धनगढी । नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । कैलाली र कञ्चनपुर जिल्लाको छुट्टाछुट्टै नदीमा डुबेर दुई जना बेपत्ता भएका हुन् । आइतबार कैलालीको कैलारी गाउँपालिका–९ गदरिया बस्ने १८ वर्षीय अजय राना भुररा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका छन् । उनी बेपत्ता भएको खबर आउनासाथ इलाका प्रहरी...
बाघको आक्रमणबाट तीन महिला घाइते
दाङ । दाङमा आज बिहान बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार, बिहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा...
गौतमबुद्ध क्रिकेट रंगशालालाई बजेट रकमान्तर गर्ने बागमती सरकारको निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारले चितवनको भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालालाई करिब २ करोड रुपैयाँ बजेट रकमान्तर गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्माणाधीन रंगशालाका लागि १ करोड ८० लाख रुपैयाँ रकमान्तर गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले...
एमालेको सचिवालय बैठक आह्वान
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आह्वान गरिएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले असार २५ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरेको जानकारी दिए । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख गौतमले बताए । बैठक ललितपुर,...
एसएलआर हतियारसहित तीन जना पक्राउ
मुगु । हतियार देखाएर लुट्दै हिँड्ने लुटेरा समूहलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मुगुले लुटेर समूहमा संलग्न ३ जनालाई अत्याधुनिक हतियारसहित पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले ६ जना पक्राउ गरेको थियो तर, पक्राउ परेका ६ जनामध्ये ३ जनाको मात्र प्रत्यक्ष संलग्नता...
प्रतिनिधि सभाको बैठक आज बस्दै
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७९/०८० पेश गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार, बैठक शिक्षा, विज्ञान तथा...










