समाचार

एसईईको ग्रेडवृद्धि परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क कक्षा संचालन

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले माध्यमिक शिक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क कक्षा संचालन गर्ने भएको छ । उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले आगामी साउन २ गतेदेखि २० गतेसम्म ग्रेडवृद्धि परीक्षाका लागि निःशुल्क कक्षा सञ्चालन गर्न लागेको हो । उक्त महाशाखाले एक सूचना जारी गर्दै हेटौंडा उपमहानगर अन्तर्गतका...

मकवानपुरसहित बागमतीको ६ जिल्लामा खेलकुद अध्यक्ष नियुक्त

मकवानपुर । बागमती प्रदेशको विभिन्न ६ जिल्लामा खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरिएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्ले मकवानपुरसहित ६ जिल्लामा अध्यक्ष नियुक्त गरेको हो । विगत साढे ३ महिनादेखि खेलकुद विकास समिति अध्यक्षबिहीन बागमती प्रदेशको १३ जिल्लामध्ये मकवानपुर, धादिङ, काभ्रे, सिन्धुली, काठमाडौं र सिन्धुपाल्चोक जिल्लामा अध्यक्ष...

हेटौंडामा कोरा च्यालेन्ज हुँदै

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा यही असार २९ गते शनिबार कोरा साइकल च्यालेन्ज (राइड) हुने भएको छ । केही समयदेखि साइकल अभियानमा क्रियाशील अभियनकर्मीहरुको संस्था हिमालयन राइडर्स सोसाइटीको आयोजनामा उक्त राइड हुन लागेको हो । करिव ३ वर्ष अघि हेटौंडामा स्थापना भएको हिमालयन राइडर्स सोसाइटी मकवानपुरले यो तेस्रो...

शेयर बजार उकालो लाग्यो

काठमाडौं । आज साता कारोबारको चौथो कारोबार अर्थात बुधबार शेयर बजार उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३ दशमलव २५ अकंले बढेर २१७५ दशमलव ४० बिन्दुमा कायम भएको छ । यस्तै, आज ३२२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता शेयर किनबेच भएको छ भने...

बसको ठक्करबाट एक जनाको मृत्यु, हेटौंडाका घर्ती पक्राउ

धनगढी । कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट गोदावरी–८ का नन्दराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका–६ मा बा ५ ख १४१० नम्बरको बसले सुपप्र ०१–००१ प ४६५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चौधरीको मृत्यु...

माओवादी संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक हाल जारी छ । बैठक सिंहदरबारमा केहीबेर अघिबाट बसिररहेको हो । यही असार २८ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विश्वासको मत लिँदैछन् । सो बारे छलफल गर्न माओवादी संसदीय दलको बैठक बोलाइएको हो । प्रमुख सत्ता...

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नं.८ ईपाखहरे बस्ने ३७ वर्षीय दिक्पाल स्याङ्तान रहेका छन् । स्थानीय रामबहादुर घिसिङको बारीमा रहेको बिजुलीको पोलमा करेन्टमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

एटिएम तोडफोड गरेको आरोपमा पक्राउ

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा एटिएम तोडफोड गरेको आरोपमा प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले नुवाकोटको किस्पाङ गाउँपालिका घर भएर बुढानीलकण्ठ बस्ने ३४ वर्षीय श्याम बहादुर घले र १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार, उनीहरुले बुढानीलकण्ठ नगरपालिका–३ स्थित रुद्रेश्वर चोकको माछापुच्छ्रे बैंकको...

कोपा–अमेरिका फुटबलः क्यानडालाई हराउँदै अर्जेन्टिना फाइनलमा

काठमाडौँ । क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको छ । स्थानीय समयअनुसार मङ्गलबार बेलुका भएको खेलमा अर्जेन्टिनाको लागि पहिलो गोल २२ औँ मिनेटमा जुलियन अल्भारेजले गरे । दोस्रो हाफको ५१ औँ मिनेटमा लियोनल मेसीले एक गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे । दोस्रो सेमिफाइनल खेल भने उरुग्जे र...

दिउँसो २ बजे माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । प्रमुख सचेतक हितराज पाण्डेका अनुसार पछिल्लो विकसित राजनीतिक घटनाक्रम, विश्वासको मत लगायतका विषयमा बैठकमा छलफल हुनेछ । नेकपा एमाले र नेपाली कांग्रेसबिच सत्ता सहकार्य गर्ने समझदारी भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड...