एटिएम तोडफोड गरेको आरोपमा पक्राउ

तु खबर संवाददाता
२०८१ असार २६, बुधबार १५:३१
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा एटिएम तोडफोड गरेको आरोपमा प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले नुवाकोटको किस्पाङ गाउँपालिका घर भएर बुढानीलकण्ठ बस्ने ३४ वर्षीय श्याम बहादुर घले र १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार, उनीहरुले बुढानीलकण्ठ नगरपालिका–३ स्थित रुद्रेश्वर चोकको माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गरेका थिए ।

प्रहरीले उनीहरूको साथबाट फलामको रड बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।