समाचार

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–२२ सुन्धाराबाट प्रहरीले स्रोत नखुलेको रकम ३८ लाख रूपैयाँसहित बुधबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१५ गणेशटोल बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनको...

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा र चितवनबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले झापाको भद्रपुर नगरपालिका–५ भद्रपुर बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम १ सय मिलिग्रामसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार किसनगंज कोचाधामन...

नेप्से सूचक २२ सय अंकमा उक्लियो

काठमाडौं । केही दिन यताको लगातार वृद्धि भएसँगै सेयर बजार परिसूचक नेप्से २२ सय अंकमा उक्लिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार, साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक २९ दशमलव २१ अंकले वृद्धि हुँदै २२ सय ४ दशमलव ६१ विन्दुमा उक्लिएको हो । बिहीबार कारोबारमा समेत...

रास्वपा संसदीय दलको बैठक बालायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बोलाएको छ । बैठक यही असार २९ गते शनिबार बिहान ९ बने बस्ने गरी बोलाइएको हो । बैठक रास्वपा संसदीय दलको कार्यलय सिंहदरबारमा बस्ने पार्टीका सचेतक निशा डाँगीले जानकारी दिइन् । उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत...

बागमतीका मुख्यमन्त्रीलाई मार्ग प्रशस्त गर्न कांग्रेसको आग्रह

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नयाँ सरकार गठनका लागि सहज रूपमा मार्ग प्रशस्त गर्न नेपाली कांग्रेसले आग्रह गरेको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बहादुर सिंह लामाले बिहीबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री जम्कट्टेललाई महत्वपूर्ण निर्णय नगर्न र नयाँ समीकरणको सरकार गठनका लागि मार्ग प्रशस्त...

मकवानपुर प्रहरीद्वारा अवैध प्याज बरामद, दुई जना नियन्त्रण

मकवानपुर । मकवानपुर प्रहरीले पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, पिपलबोटस्थित चेक पोईन्टबाट अवैध प्याज बरामद गरेको छ । प्रहरीले असार २५ गते पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना.३ च ५१६७ नम्बरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त पिकअपमा बिल बिजक नभएको २८ बोरा (अन्दाजी १२००...

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

भरतपुर । अबिरल वर्षाका कारण आएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा पहिरोे खस्दा उक्त राजमार्ग अवरुद्ध भएको हो । अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’ को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको...

६० किलो सुन प्रकरणः पक्राउ परेका १६ जनालाई थुनामा पठाउन आदेश

काठमाडौं । ६० किलो सुन प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा पठाउन आदेश दिइएको छ । जिल्ला अदालत काठमाडौंले बुधबार थुनछेक बहसपछि पुर्पक्षका लागि १६ जनालाई थुनामा पठाउन आदेश दिएको हो । उनीहरुलाई केन्द्रिय कारागार सुन्धारा चलान गरिएको सीआईबीका एक जना अधिकृतले बताए । यस्तै, अदालतले ३ जनासँग धरौटी...

राप्रपा संसदीय दलको बैठक आह्वान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने राप्रपाले जनाएको छ । यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शुक्रबार लिन...

हेटौंडामा बाढीले बगाउँदा बालिकाको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडामा बाढीले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ बरौली खोलामा आएको बाढीले बगाउँदा एक बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय धनबहादुर बलको छोरी १० वर्षीया रसमती बल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी...