स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८१ असार २८,बिहीबार १६:१६
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौं महानगरपालिका–२२ सुन्धाराबाट प्रहरीले स्रोत नखुलेको रकम ३८ लाख रूपैयाँसहित बुधबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१५ गणेशटोल बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

साथै प्रहरीले उनको साथबाट बा.प्र.२०४८ प ८१३० नम्बरको स्कुटर र मोबाइल १ थान समेत बरामद गरेको छ ।

सो घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।