समाचार
वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने सरकारको निर्णय
काठमाडौं । सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने सरकारले निर्णय गरेको छ । बिहीबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । बैठकले प्राकृतिक विपतका कारण राष्ट्रिय परिचयपत्र बनाउन असहज भएकाले वृद्धभत्ता लिन तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने निर्णय गरेको हो । यसअघि...
नारायणगढ–मुग्लिन सडकखण्डमा २ वटा बस पुरियो
चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुई वटा यात्रुबहाक बस पुरिएको छ । जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको खसेको पहिरोले दुई वटा यात्रुबहाक बस बगाएर त्रिशूली नदी किनारमा खसालेको प्रहरीले जनाएको छ । वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको...
कास्कीमा पहिरोमा परेर ११ जनाको मृत्यु
कास्की । कास्कीको विभिन्न स्थानमा गएको पहिरोमा परेर ११ जनाको मृत्यु भएको छ । जिल्लाको पोखरा–१९, तल्लाकोट टारीमा एकै परिवारका ६ सहित सात जना, पोखरा–३२, चैनपुरमा ३ जना र मादी गाउँपालिका ११ तल्लो ताप्लेमा एक जना गरी ११ जनाको पहिरोमा परेर मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । प्रहरीका...
पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्ड एकतर्फी संचालन
मकवानपुर । पहिरोका कारण अवरुद्ध बनेको सिस्नेरी सडकखण्डमा एकतर्फी यातायात संचालनमा आएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ टेक्करमा आज बिहान अन्दाजी ३ बजे गएको पहिरो पन्छाई पौने ९ बजेबाट उक्त सडकखण्डमा एकतर्फी यातायात संचालनमा आएको प्रहरीले जनाएको छ । यसैगरी, हेटौंडाबाट काठमाडौं जोड्ने त्रिभुवन राजपथ, पूर्व–पश्चिम...
वर्षाका कारण रुख ढल्दा हेटौंडामा एक घर भत्कियो
मकवानपुर । मकवानपुरको हेटौंडामा वर्षाका कारण रुख ढल्दा एक घर भत्किएको छ । बिहीबार अविरल वर्षाका कारण रुख ढल्दा हेटौंडा–११, थानाभर्याङमा स्थानीय लक्ष्मी थिङको भत्किएको मकवानपुरका प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, थिङको ब्लक र जस्ता पाताले छाएको एक तले घर भत्किएको हो...
एमाले अध्यक्ष ओलीलाई मन्त्री छान्ने जिम्मा
काठमाडौं । नेकपा एमालेले मन्त्री छान्ने जिम्मा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । सचिवालय बैठकले मन्त्री बन्नेहरुको मापदण्डबारे निर्णय गर्दै मन्त्री छान्ने जिम्मा ओलीलाई दिएको हो । मन्त्री छान्न अध्यक्ष ओलीले अरु नेताहरुसँग सुझाव मागेका छन् ।
ईपीएसमार्फत् कोरिया जाने कामदारको हवाई उडानका लागि बोलपत्र आह्वान
काठमाडौं । रोजगारपत्र अनुमति प्रणाली (ईपीएस) मार्फत् दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई उडानका लागि बोलपत्र आह्वान गरिएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले काठमाडौंदेखि कोरियाको सिओलसम्म हवाई उडानका लागि बोलपत्र आह्वान गरेको हो । हाल कोरियन एयरलायन्सले एकल रूपमा ईपीएस मार्फत् कोरिया जाने नेपाली श्रमिकहरूलाई...
प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बिहीबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको प्रतिनिधि सभा बैठक तोकिएको बैठक सवा घण्टा ढिला सुरु भएको थियो । बैठक सुरु भएलगत्तै कांग्रेस सांसद रामहरि खतिवडाले मन्त्री उपस्थित नभएको भनि जानकारी गराएका थिए । त्यसलगतै सभामुख देवराज घिमिरेले बैठकमा कुनै...
बकैया नदीले सतर्कता तह पार गर्यो
मकवानपुर । मकवानपुरको बकैया नदीले सतर्कता तह पार गरेको छ । निरन्तर वर्षा भइरहेकाले नदीले सतर्कता तह पार गरेको जल तथा मौसम विभागले जनाएको छ । नदीले सतर्कता तह पार गरेसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन आग्रह गरिएको छ । मकवानपुरस्थित बकैया नदी जुरेली बजार केन्द्रमा आज बिहान...
प्रधानमन्त्रीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षीमा मत दिने निर्णय गरेको सांसद धवलशमशेर राणाले बताए । प्रधानमन्त्री प्रचण्डले भोलि, शुक्रबार बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूची...









