समाचार

नारायणगढ–मुग्लिन सडकखण्डमा पुरिएको २ वटा बस अझै भेटिएन

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्र्तगत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसाएका दुई वटा बस अझै पनि भेटिएका छैनन् । सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेनाको गोतखोर टोली र नेपाल प्रहरीले बस खसेको केही बेरमै खोजी सुरु गरे पनि बसको अवस्था पत्ता नलागेको जनाइएको छ । त्रिशूली...

अखिल क्रान्तिकारी मकवानपुरको कार्यसमितिलाई प्रमाणपत्र बितरण

मकवानपुर । अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) मकवानपुरको २३ औं सम्मेलनबाट नवनिर्वाचित कार्यसमिति पदाधिकारीलाई प्रमाणपत्र बितरण गरिएको छ । नेकपा माओवादी केन्द्रको जिल्ला पाटी कार्यलयमा भएको एक कार्यक्रममा गत असार १४ गतेको सम्मेलनबाट निर्विरोध जिल्ला कमिटीका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । प्रमाणपत्र बितरण पश्चात जिल्ला समितिको प्रथम...

पछिल्लो २४ घण्टामा पहिरोमा परेर १५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर पहिरोमा परेर १५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बिहीबारदेखि शुक्रबार दिउँसोसम्म पहिरोमा परेर उनीहरुको मृत्यु भएको जानकारी दिए । उनका अनुसार, पहिरोमा परेर कास्कीमा ११ जना, म्याग्दीमा २ जना, चितवनमा १ जना गरी कुल १५ जना रहेका छन्...

खेलकुद विकास समिति अध्यक्ष मुक्तानद्वारा पदभार ग्रहण

मकवानपुर । मकवानपुर जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष राजकुमार मुक्तानले पदभार ग्रहण गरेका छन् । हेटौंडा ४ स्थित समितिको कार्यालयमा बिहीबार एक कार्यक्रमबीच पदभार ग्रहण गरेका हुन् । समितिका कार्यालय प्रमुख माधव कोइरालाले अध्यक्ष मुक्तान लगायत सदस्यहरु श्रीकृष्ण रुम्बा र मदन उप्रेतीलाई स्वागत गर्दै पदभार ग्रहण गराएका छन्...

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनले सबै सांसदहरूलाई संसदमा उपस्थित भएर विश्वासको मत दिन...

लङ्काली क्रिकेट टोलीका कप्तान हसरंगाद्वारा राजीनामा

काठमाडौं । श्रीलङ्काली क्रिकेट टोलीका कप्तान वानिन्दु हसरंगाले पदबाट राजीनामा दिएका छन् । उनले अप्रत्याशित रूपमा आफ्नो पदबाट राजीनामा दिएका हुन् । टोलीको कप्तानबाट राजीनामा दिए पनि उनी खेलाडीको भूमिकामा भने सक्रिय रहने श्रीलङ्काली क्रिकेट बोर्डले जनाएको छ । हालै अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी–२० विश्वकपमा श्रीलङ्काको प्रदर्शन...

नापी कार्यालयका सर्वेक्षक घुस रकमसहित पक्राउ

ललितपुर । ललितपुरस्थित नापी कार्यालय लगनखेलमा कार्यरत सर्वेक्षक सञ्जीव कुमार यादवसहित दुई जना  पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवसहित आरबी लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेललाई पक्राउ गरेको हो । उनीहरुलाई बिहीबार घुस रकमसहित पक्राउ गरिएको हो । जग्गा हालसाबिक गरी पुर्जा उपलब्ध गराइदिन उनीहरूले सेवाग्राहीसँग...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको जनाएको छ । महाशाखाका अनुसार, त्यसको प्रभावले देशभर साधरणतया बदली रही बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।...

ढुंगाले लागेर बस चालकको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने उक्त स्थानमा माथिबाट खसेको ढुंगा लागेर नवलपरासी सुनवल नगरपालिका–४ बस्ने ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, मृतक विक लु...

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज विश्वासको मत लिने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उनले प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका...