लङ्काली क्रिकेट टोलीका कप्तान हसरंगाद्वारा राजीनामा

तु खबर संवाददाता
२०८१ असार २८, शुक्रबार १०:५६

काठमाडौं । श्रीलङ्काली क्रिकेट टोलीका कप्तान वानिन्दु हसरंगाले पदबाट राजीनामा दिएका छन् । उनले अप्रत्याशित रूपमा आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

टोलीको कप्तानबाट राजीनामा दिए पनि उनी खेलाडीको भूमिकामा भने सक्रिय रहने श्रीलङ्काली क्रिकेट बोर्डले जनाएको छ ।

हालै अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी–२० विश्वकपमा श्रीलङ्काको प्रदर्शन निराशाजनक थियो । श्रीलङ्काली टोली विश्वकपको समूहगत चरणबाटै बाहिरिएको थियो ।

विश्वकपमा पनि श्रीलङ्काली टोलीको कप्तान हसरंगा नै थिए ।