समाचार
हेटौंडामा भोलि कोरा च्यालेन्ज हुने
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा भोलि असार २९ गते शनिबार कोरा साइकल च्यालेन्ज (राइड) हुने भएको छ । केही समयदेखि साइकल अभियानमा क्रियाशील अभियनकर्मीहरुको संस्था हिमालयन राइडर्स सोसाइटीको आयोजनामा उक्त राइड हुन लागेको हो । करिव ३ वर्ष अघि हेटौंडामा स्थापना भएको हिमालयन राइडर्स सोसाइटी मकवानपुरले यो तेस्रो...
नयाँ सरकार गठनबारे संविधानविदहरुकै फरक मत
काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको लागि संविधानविदहरुसँग छलफल गरिरहेका छन् । तर, नयाँ सरकार गठनको विषयमा संविधानविदहरुकै फरक मत रहेको छ । एकथरीले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठन हुने मत राख्दै आएका छन् । अर्काथरी धारा ७६...
प्रधानमन्त्री प्रचण्ड पदमुक्त
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव प्रतिनिधिसभाको बहुमतले अस्वीकृत गरेसँगै उनी पदमुक्त भएका छन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर...
हेटौंडास्थित सडक डिभिजन कार्यालयमा तालाबन्दी
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडास्थित सडक डिभिजन कार्यालयमा ताला तालाबन्दी गरिएको छ । बक्यौता रकम भुक्तानीको माग गर्दै निर्माण व्यावसायी संघ मकवानपुरले शुक्रबार हेटौंडास्थित सडक डिभिजन कार्यालयको मुख्यद्वारमा ताला लगाएको हो । सडक डिभिजन कार्यालय अन्तर्गत भएका ठेक्का सम्झौताको निर्माण कार्य सकिँदा समेत रकम समयमै भुक्तानी नदिएको भन्दै...
नयाँ सरकार गठनबारे छलफल गर्न राष्ट्रपतिले संविधानविदहरुलाई बोलाए
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन प्रक्रियाबारे छलफल गर्न संविधानविदहरुलाई बोलाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व निरन्तरताको लागि प्रतिनिधिसभाबाट विश्वासको मत जुटाउन सक्ने अवस्था नदेखेपछि राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रियाबारे छलफल गर्न संविधानविदहरुलाई बोलाएका हुन् । संविधानविदहरु डा. भीमार्जुन आचार्य, विपिन अधिकारी, हरिहर दाहाल,...
पाँचौँ पटक विश्वासको मत लिँदै प्रचण्ड, मतदान जारी
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै छन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । २०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आजसहित पाँचौंपटक विश्वासको मत लिन लागेका हुन्...
ठगी मुद्दामा फरार हेटौंडाका घिमिरे पक्राउ
काठमाडौं । ठगी मुद्दामा फरार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ घर भई ललितपुर महानगरपालिका–१८ भैंसेपाटी बस्ने विपना घिमिरे पक्राउ परेकी छन् । ३७ वर्षीया घिमिरे बुधबार काठमाडौं कीर्तिपुर नगरपालिका–७ पाँगाबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार,...
पहिरोका कारण कुलेखानी–मार्खु सडकखण्ड अवरुद्ध
मकवानपुर । अबिरल वर्षाका कारण पहिरो जाँदा कुलेखानी–मार्खु सडकखण्ड अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्वर १, सिमलाङस्थित सडकमा माथिबाट पहिरो खस्दा बाटो पूर्ण रुपमा अवरुद्ध भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, दिउँसो ३ बजेको समयमा पहिरो खस्दा...
बाढी, पहिरो लगायतका विपदमा परी देशभर १०३ जनाको मृत्यु
काठमाडौं । अबिरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदमा परी शुक्रबार दिउँसोसम्म १ सय ३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा ३८ जना,...
पोखरा पहिरोः मृतक सबैको सामूहिक दाह संस्कार
पोखरा । पोखरामा पहिरोमा पुरिएर मृत्यु भएका सबैको सामूहिक दाह संस्कार गरिएको छ । अविरल वर्षाका कारण पहिरो जाँदा पोखरा–१९, ठाँटी तल्लोकोटमा मृत्यु भएका सबैको शुक्रबार सामूहिक दाह संस्कार गरिएको हो । स्थानीय चिन्तेबौर घाटमा उनीहरूको परम्परा अनुसार अन्तिम संस्कार गरिएको हो । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम...








