समाचार

एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान

मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी) भीमफेदी गाउँपालिका समितिले २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । भीमफेदी गाउँपालिकाको विभिन्न विद्यालयबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरिएको हो । शनिबार बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्मान...

आज बागमतीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज बागमतीसहित केही प्रदेशको विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहान मौसम बुलेटिन जारी गर्दै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको हो । महाशाखाका अनुसार, आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही...

गृहसचिव र आईजीसहितको टोली आज चितवन जाँदै

काठमाडौं । गृह मन्त्रालयका सचिव एक नारायण अर्यालसहित सुरक्षा अंगका प्रमुखहरु चितवन जाँदै छन् । नारायणगढ मुग्लिन सडकखण्ड अन्तरगत पर्ने चितवनको सिमलताल भन्ने स्थाबाट त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बस र तिनमा सवार यात्रुहरुको खोजीको निरीक्षण गर्न उनीहरु त्यसतर्फ जान लागेका हुन् । गत शुक्रबारदेखि हराइरहेका बस र...

प्रधानमन्त्री बन्दै केपी ओली, शपथ आजै हुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएका छन् । अध्यक्ष ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका हुन् । शीतल निवास स्रोतका अनुसार, ओलीलाई राष्ट्रपछि पौडेलले आज प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका हुन् । साथै उनले शपथ ग्रहण पनि आजै गर्नेछन् । शुक्रबार राति...

सिमलताल पहिरो: हराएका बसको खोजी गर्न ठुलो चुम्बक प्रयोग

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत पर्ने चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट शुक्रबार बिहान ३ बजेर ३० मिनेटमा त्रिशूलीमा खसेका दुई वटा डिलक्स बस अझै भेटिएका छैनन् । शुक्रबार र शनिबार दिनभरको प्रयासपछि पनि बस नभेटिएपछि आज पनि बिहानैदेखि खोजी कार्य सुरु गरिएको छ । खोजी कार्यको लागि नेपाली सेना...

हेटौंडा–८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । उक्त वडा उपमहानगरकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको हो । शनिबार चन्द्रोदय माध्यमिक विद्यालयको प्राङगणमा आयोजित एक कार्यक्रमबीच उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले ८ नम्वर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी...

मन्त्री छनोट गर्न कांग्रेसद्वारा मापदण्ड तयार

काठमाडौं । नेपाली कांग्रेसले नकेपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको छ । शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्न छनोट मापदण्ड समेत बनाएको छ । बैठकले योगदान र योग्यता,...

सिमलताल पहिरोः नारायणी नदीमा एक जनाको शव भेटियो

काठमाडौं । चितवनको भरतपुर–२८ स्थित नारायण नदी किनारमा एक पुरुषको शव भेटिएको छ । उक्त शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उक्त शव २८ वर्षीय भारतीय नागरिक ऋषि पल साहका हुन् । साह गणपति डिलक्सका यात्रु हुन् । नदी किनारमा...

हेटौंडामा मनाइयो भानु जयन्ति

मकवानपुर । भानु प्रतिष्ठान नेपाल बागमती प्रदेश कार्यसमितिले हेटौंडामा शनिबार आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीमा प्रभातफेरी तथा साहित्यिक कार्यक्रम गरेको छ । शनिबार साहित्यकार, शिक्षक, विध्यार्थी, पत्रकार करिव २०० जना जम्मा भएर सोलिड्यारिटी इन्टरनेशनल माविबाट सुरु भएको प्रभातफेरी बसपार्क, बुद्ध चोक, सिमा चोक हुँदै पुनः सोलिड्यारिटीमै पुगेर सभामा...

एष्ट्रोनोभा र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनबीच सम्झौता

मकवानपुर । एष्ट्रोनोभा फाउण्डेशन नेपाल र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनबीच स्टिम शिक्षण सिकाई पेडागोजीमा आधारित शिक्षक विकास उत्पादनमा सहकार्य र सहयात्राको लागि सम्झौता भएको छ । फाउण्डेशनले मकवानपुरलगायत आसपासका क्षेत्रमा गर्न लागेको विद्यालय स्टिम कार्यक्रम, किताबरहित शुक्रबार र विधालय अघि वा पछीको समयमा विद्यार्थीहरुमा सिर्जनशीलता, अनुसन्धानात्मक एवम् वैज्ञानिक...