समाचार

कर्णालीमा भोलि सार्वजनिक विदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक विदा दिएको छ । ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा भोलि प्रदेशभर सार्वजनिक विदा दिइएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक विदाको घोषणा गरेको हो । सो मन्त्रालयले...

यस्तो छ सोमबारको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको जनाएको छ । महाशाखाका अनुसार, सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन...

प्रधानमन्त्री ओलीले आज शपथ ग्रहण गर्दै

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री...

दहमा डुबेर दुई बालिकाको मृत्यु

काठमाडौं । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ मा पानीको दहमा डुबेर आइतबार दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुतलीबजार–४ रामकोष स्वाराका १४ वर्षकी लक्ष्मी थापा र १२ वर्षकी सुस्मिता थापा रहेका छन् । मृतक दुबै जना नरेन्द्रबहादुर थापाका छोरीहरु हुन् । प्रहरीका अनुसार, लक्ष्मी ९ कक्षा र सुस्मिता ५...

मन्त्रालयको भागबण्डा टुंगियो, कस्को भागमा कुन ?

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबिच मन्त्रालयको भागबण्डा टुङ्गिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबिच आइतबार भएको कुराकानीमा मन्त्रालय भागबण्डा टुङ्ग्याइएको हो । जसअनुसार, कांग्रेसको भागमा ९ वटा र एमालेको भागमा ८ वटा मन्त्रालय परेका छन् । कांग्रेसको भागमा गृहसहित रक्षा, परराष्ट्र, ऊर्जा,...

बाढी, पहिरो लगायतका विपदमा परी १०८ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदमा परी आइतबार दिउँसोसम्म १ सय ८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतकाविपदमा परी कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा ११ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी...

प्रधानमन्त्रीमा केपी ओली नियुक्त

काठमाडौं । प्रधानमन्त्री पदमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियुक्त भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए...

लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दिया र कैलाली जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीले बर्दियाको बाँसगढी नगरपालिका–३ बाट अवैध लागूऔषध ब्राउनसुगर ५० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेरूमा...

सिमलताल पहिरो: पाँच जनाको शव भेटियो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत पर्ने चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरोमा परेर बेपत्ता भएकामध्ये हालसम्म पाँच जनाको शव भेटिएको छ । असार २८ गते शुक्रबार त्रिशूलीमा खसेका दुई वटा डिलक्स बससँगै बेपत्ता भएकामध्ये हालसम्म पाँच जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चिवतनले जनाएको छ । शुक्रबार काठमाडौंबाट गौरको...

मकवानपुरको बकैयामा ट्रक दुर्घटना

मकवानपुर । मकवानपुरको बकैयामा आइतबार ट्रक दुर्घटना भएको छ । बिहान साढे १० बजेको समयमा धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने बकैया गाउँपालिका वडा नम्वर ५ तीनतलेमा ट्रक दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मकवनपुरबाट सिन्धुलीतर्फ जाँदै गरेको लु १ ख ९८११ नम्वरको ट्रक आफै अनियन्त्रित भई सडकको...