समाचार

थानकोट–चित्लाङ सडकखण्ड साउन २० गतेसम्म बन्द

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने थानकोट–चित्लाङ सडकखण्ड (गणेशमान मार्ग) आगामी साउन २० गतेसम्म बन्द हुने भएको छ । सडक डिभिजन, काठमाडौंले सेतो पहरो खण्डमा उच्च ग्रेड कम गर्ने र सडकको चौडाई बढाउन काम भइरहेकोले सम्भावित दुर्घटना हुन नदिन उक्त सडक बिहान १० बजेदेखि साँझ...

बागमती प्रदेश प्रमुख शर्माद्वारा दुई वटा विधेयक प्रमाणीकरण

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख शर्माले बागमती प्रदेश सभाबाट पारित भई आएको अर्थ सम्बन्धि दुई वटा विधेयकलाई आज प्रमाणीकरण गरेका हुन् । प्रदेश प्रमुख शर्माले आर्थिक वर्ष २०८१–०८२ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन...

आज साता कारोबारको पहिलो दिन नेप्से ५२ दशमलव ९७ अङ्कले बढ्यो

काठमाडौं । साता कारोबारको आज पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ५२ दशमलव ९७ अङ्कले बढेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढलेपछिको पहिलो कारोबारमा सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको हो । आज नेप्से परिसूचक ५२ दशमलव ९७ अङ्कले बढेर २२५७ दशमलव ५९ विन्दुमा उक्लिँदा...

बाढी-पहिरोले पुर्याएको क्षतिप्रति प्रदेश प्रमुख शर्माद्वारा दुःख व्यक्त

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले देशका विभिन्न भागमा बाढी पहिरोका कारण हुन पुगेको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् । प्रेस विज्ञप्ती जारी गर्दै प्रमुख शर्माले केही दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो, डुबान तथा कटानले हुन पुगेको मानवीय...

नारायणी नदीको टापुमा एक पुरुषको शव भेटियो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत पर्ने चितवनको भरतपुर महानगरपालिका–२८ मा एक पुरुषको शव भेटिएको छ । नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको हो । उक्त शव शुक्रबार विहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुई वटा बसहरु त्रिशुलीमा खस्दा बेपत्ता भएका यात्रुहरु मध्ये कुनै एक जनाको...

नयाँ प्रधानमन्त्रीको शपथ सोमबार मात्रै हुने

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ सोमबार मात्रै हुने भएको छ । यसअघि आइतबार नै शपथ ग्रहण गराइने भनिएपनि समय अपुग भएकाले सोमबार मात्रै शपथ कार्यक्रमको आयोजना गर्ने भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनले नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया...

फाखेल हुँदै काठमाडौं जाने यातायात सिस्नेरीबाट संचालन

मकवानपुर । भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौं जाने यातायात सिस्नेरीबाट संचालन भइरहेको छ । पानीको कारण बाटो चिप्लो भएपछि उक्त सडकखण्डबाट संचालन हुने यातायात सिस्नेरी सडकखण्डबाट संचालन गरिएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीले हेटौंडा–काठमाडौं यात्रा गर्नका लागि छोटो मार्ग प्रयोग गर्नेहरुलाई कुलेखानी–मातातीर्थको बाटो प्रयोग गर्न आग्रह गरेको छ । पहिरो...

बकैयामा निःशुल्क आँखा शिविर

मकवानपुर । पूर्वी मकवानपुरको बकैयामा शनिबार निःशुल्क आँखा शिविर भएको छ । बकैया गाउँपालिका वडा नं. ५ को आयोजनामा राजदमार स्वास्थ्य सेवा केन्द्रमा निःशुल्क आँखा शिविर भएको हो । शिविरमा ८० जनाले निःशुल्क आँखा परीक्षण गराएका थिए । शिविर बकैया–४ का ३ जना, ७ नं. वडाका ४ जना र...

रोटरी क्लब अफ हेटौंडाको नयाँ कार्यसमितिद्वारा पदस्थापन

मकवानपुर । रोटरी क्लब अफ हेटौंडाको वर्ष २०२४–२०२५ का लागि नयाँ नेतृत्वसहितका कार्यसमितिको पदस्थापन गरिएको छ । रोटरी क्लब अफ हेटौंडा ३२ वर्ष पुरा गरी ३३ वर्ष लागेको अवसरमा नयाँ नेतृत्वको पनि सपथग्रहरण गरेर पदस्थापन गरिएको हो । रोटरी क्लब अफ हेटौंडाको अध्यक्षमा प्रकाश ढकाल र कार्यसमितिको पदस्थापन भएको...

रुखबाट लडेर मकवानपुरकी एक महिला घाइते

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नं.९ ज्यामिरेमा रुखबाट लडेर एक महिला घाइते भएकी छन् । घाइते हुनेमा स्थानीय ४९ वर्षीय भगवति ओझा रहेकी छन् । शनिबार आफ्नै घर नजिकै रहेको आँपको रुखमा आँप टिप्न जाँदा अन्दाजी १० मिटरमाथिबाट लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक...