रुखबाट लडेर मकवानपुरकी एक महिला घाइते
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नं.९ ज्यामिरेमा रुखबाट लडेर एक महिला घाइते भएकी छन् । घाइते हुनेमा स्थानीय ४९ वर्षीय भगवति ओझा रहेकी छन् ।
शनिबार आफ्नै घर नजिकै रहेको आँपको रुखमा आँप टिप्न जाँदा अन्दाजी १० मिटरमाथिबाट लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए ।
उनका अनुसार, ओझालाई उपचारको लागि मनहरी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि पुरानो मेडिकल कलेज भरतपुर चितवन रिफर गरिएको छ ।
