फाखेल हुँदै काठमाडौं जाने यातायात सिस्नेरीबाट संचालन

तु खबर संवाददाता
२०८१ असार ३०, आईतवार १०:३५
file-photo

मकवानपुर । भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौं जाने यातायात सिस्नेरीबाट संचालन भइरहेको छ ।

पानीको कारण बाटो चिप्लो भएपछि उक्त सडकखण्डबाट संचालन हुने यातायात सिस्नेरी सडकखण्डबाट संचालन गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीले हेटौंडा–काठमाडौं यात्रा गर्नका लागि छोटो मार्ग प्रयोग गर्नेहरुलाई कुलेखानी–मातातीर्थको बाटो प्रयोग गर्न आग्रह गरेको छ ।

पहिरो जाँदा अबरुद्ध बनेको हेटौंडा–सिस्नेरीमार्ग शुक्रबार अपरान्ह ४ बजेबाट संचालनमा आएको थियो ।

यस्तै चन्द्रागिरी–थानकोटा सडकखण्ड आगामी साउन २० गतेसम्म सार्वजनिक यातायातमा रोक लगाइएको छ ।

सडक मर्मत कार्य जारी रहेकोले साउन २० गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म यातायात अबरुद्ध हुने सडक डिभिजन काठमाडौंले सूचना जारी गरेको छ ।