नारायणी नदीको टापुमा एक पुरुषको शव भेटियो
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत पर्ने चितवनको भरतपुर महानगरपालिका–२८ मा एक पुरुषको शव भेटिएको छ ।
नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको हो ।
उक्त शव शुक्रबार विहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुई वटा बसहरु त्रिशुलीमा खस्दा बेपत्ता भएका यात्रुहरु मध्ये कुनै एक जनाको हुन सक्ने आंशका गरिएको छ । तर, पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
उक्त शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लैजाने तयारी भइरहेको छ ।
हिजो शनिबार गोलाघाटमा १ र गैंडाकोटको थुम्सी नजिकै २ जनाको शव भेटिएको थियो । भेटिएका तीन वटै शवको पहिचान खुलिसकेको छ । तीमध्ये २ जना गणपति डिलक्सका र एक जना एन्जल डिलक्सका यात्रु हुन् ।
