नयाँ प्रधानमन्त्रीको शपथ सोमबार मात्रै हुने

तु खबर संवाददाता
२०८१ असार ३१,आईतवार १०:४४

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ सोमबार मात्रै हुने भएको छ । यसअघि आइतबार नै शपथ ग्रहण गराइने भनिएपनि समय अपुग भएकाले सोमबार मात्रै शपथ कार्यक्रमको आयोजना गर्ने भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

उनले नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने बताए । उनका अनुसार, सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम हुनेछ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आइतबार असार ३० गते अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गरेका थिए ।

सो आह्वानअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरेका छन् ।

राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आइतबार साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्नेछन् ।