प्रधानमन्त्री ओलीले आज शपथ ग्रहण गर्दै

तु खबर संवाददाता
२०८१ असार ३२,सोमबार ०८:३०
file-photo

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) अनुसार उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।