समाचार

आज साउनको पहिलो दिनः शिवालयमा भक्तजनहरुको घुइँचो

काठमाडौँ । आज साउन महिनाको पहिलो दिन विहानैदेखि भगवान पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् । पशुपतिनाथसहित देशैभरका शिवालयहरुमा हिन्दु धर्मावलम्बीहरुको घुइँचो छ । साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ । आजदेखि साउनभरिमा पशुपति क्षेत्रमा...

समाजवादी मोर्चाको बैठक ४ बजे बस्ने

काठमाडौँ । समाजवादी मोर्चाको बैठक आज बस्दैछ । अपराह्न ४ बजे नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बुझिएको छ । साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने पनि बताइएको छ । मोर्चामा नेकपा माओवादी केन्द्र...

तथ्यमा आधारित भएर बोलौँः मन्त्री मोक्तान

मकवानपुर । बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले बालबालिकाका सवाल, बाल श्रम तथा बालमैत्रीका बिषयमा अध्ययन गरेर तथ्यमा आधारित भएर बोल्न सुझाव दिएकी छिन् । मोक्तानले कार्यकक्षमा बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयको सहयोगमा बाल कल्याण समाज मकवानपुरले प्रकाशन गरेको बाल अधिकारको संरक्षण तथा सम्बर्धन श्रोत सामग्रीको सङ्गालो २०८१ को...

बागमतीका मुख्यमन्त्रीले साउन ६ गते विश्वासको मत लिने

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी साउन ६ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री जमकट्टेलले उक्त दिन विश्वासको मत लिन बागमती प्रदेश संसद् सचिवालयमा लिखित पत्र पठाएको संसद् सचिवालयले जनाएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रकृयाको लागि साउन ६ गते अपराह्न १ बजे प्रदेश...

ओली नेतृत्वको मन्त्रिपरिषदमा ९ जना नयाँ मन्त्री

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा ९ जना नयाँ मन्त्रीले मौका पाएका छन् । सोमबार गठित ओली नेतृत्वको मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट ७ र एमालेबाट चार जना गरी ९ जनाले पहिलो पटक मन्त्री बन्ने मौका पाएका हुन् । जसमा कांग्रेसबाट आरजु राणा देउवा, प्रदीप पौडेल, रामनाथ अधिकारी,...

देशभर ९ लाख ४० हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकियो

काठमाडौं । हालसम्म देशभर ६७ दशमलव ३ प्रतिशत अर्थात ९ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार, देशभरको सबै प्रदेशमा गरी कूल ६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको हो । तीमध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रोपाइँ सकिएको...

प्रधानमन्त्री नियुक्ति र शपथविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । प्रधानमन्त्रीको नियुक्ति र शपथविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको छ । संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त र शपथविरुद्ध खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । उनीहरुले संविधानको धारा ७६(२) अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै ३ अनुसार नयाँ नियुक्ति गर्न...

भारतीय प्रधानमन्त्रीद्वारा ओलीलाई बधाइ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केपी शर्मा ओलीलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाइ दिएका छन् । सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मा मोदीले ओलीलाई बधाई दिएका हुन् । उनले ओलीको कार्यकालमा दुई देशबिचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । मोदीले लेखेका छन्, ‘बधाई छ केपी शर्मा...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैकहरुले साउन महिनाका लागि ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकहरुमध्ये १३ बैंकले ब्याजदर घटाएका छन् । यस्तै, ५ बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका भने २ बैंकले असारको तुलनामा ब्याजदर केही बढाएका छन् । पछिल्लो समय लगानीकर्ताहरूको...

पैसा सापटी मागेको विषयलाई लिएर पुरुषको हत्या

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ चालिसेबगर बस्ने ३० वर्षीय टिका बहादुर बुढाथोकीको हत्या भएको छ । सापटी पैसा मागेको विषयलाई लिएर बुढाथोकीको हत्या भएको प्रहरीले जनाएको छ । बुढाथोकीको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई आइतबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय आशमान...