समाचार

बागमती प्रदेशमा ७० दशमलव ५९ प्रतिशत रोपाइँ सम्पन्न

मकवानपुर । बागमती प्रदेशमा ७० दशमलव ५९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । प्रदेशमा असार अन्तिमसम्म उक्त प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । प्रदेशको १३ जिल्लामा कूल एक लाख १४ हजार पाँच सय ६१ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा असार ३०...

राष्ट्रपति पौडेलद्वारा तीन वटा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका विधेयकहरूलाई प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति पौडेलले आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ लाई प्रमाणीकरण गरेका हुन् ।...

नेप्से ७०.१८ अंकले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ७० दशमलव १८ अंकले बढेको छ । अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएको भोलिपल्ट शेयर बजारमा उत्साह छाएको हो । सेयर बजारमा उत्साह छाएको आज २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनेबच भएको छ भने ९ अर्ब १८ करोड...

थानकोट–चित्लाङ सडक साउन २० गतेसम्म बन्द

मकवानपुर । हेटौंडा– काठमाडौँ जोड्ने थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) साउन २० गतेसम्म बन्द हुने भएको छ । थानकोट–चित्लाङ सडकको स्तरोन्नतिका क्रमका सेतो पहरो सडक खण्डमा उच्च ग्रेड कम गर्न र सडकको चौडाइ कम भएको भागमा ब्याक कटिङ र ग्रेड डाउन गर्ने क्रममा सम्भावित दुर्घटना हुन नदिन सवारी साधनको आवागमन...

अवैध लागूऔषधसहित ११ जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दिया, मोरङ, रुपन्देही, उदयपुर र रोल्पा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले बर्दियाको गुलरिया नगरपालिका–११ वाईपास रोडबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय ७० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो पक्राउ गरेको...

एकीकृत समाजवादी मकवानपुरका पूर्व उपाध्यक्ष एमालेमा फर्किए

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरका पूर्व उपाध्यक्ष भूमिनन्द अर्याल, जिल्ला सचिवालय सदस्य कालू ढकाल र जिल्ला सदस्य जविन्द्र थोकरलगायतका नेताहरु नेकपा एमालेमा फर्किएका छन् । पार्टी विभाजनको समयमा नेकपा एकीकृत समाजवादीमा गएका उनीहरु एमालेमा फर्किएका छन् । एमाले मकवानपुरको पार्टी कार्यालयमा भएको कार्यक्रमबीच उनीहरुलाई एमाले केन्द्रीय सदस्य...

जापानमा प्राविधिक श्रमिक पठाउने संस्थालाई सूचीकृत हुन आग्रह

काठमाडौँ । जापानमा प्राविधिक श्रमिक पठाउने संस्थाहरुलाई सूचीकृत हुन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । विभागले सूचना जारी गर्दै वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत पत्र प्राप्त गरी वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ३ बमोजिम योग्यता पुगेका इजाजतपत्रवाला संस्थाहरुले विभागमा सूचीकृत हुनुपर्ने उल्लेख गरेको छ । ‘नेपाली...

संखुवासभामा पहिरोमा पुरिएर एकै परिवारको दुई जनाको मृत्यु

काठमाडौँ । संखुवासभामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा आज बिहान खसेको पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राई रहेका छन् । पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया...

सिमलताल पहिरो: १५ जनाको शव भेटियो

काठमाडौं । चितवनको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा हराइएका दुई वटा बसमा रहेका बेपत्ता ६५ यात्रुमध्ये हालसम्म १५ जनाको शव भेटिएको छ । सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाइ बेपत्ता यात्रुमध्ये १५ जनाको शव भेटिएको हो । आज...

मकवानपुरमा ट्रकको ठक्करबाट वृद्धा घाइते

मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९, खरङगामा आज बिहान ट्रकले ठक्कर दिँदा एक वृद्धा घाइते भएका छन् । घाइते हुनेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर १०, बागुने घर भई हाल मनहरी–९, खरङ्गा बस्ने ६३ वर्षीया सेतिमाया बल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...