संखुवासभामा पहिरोमा पुरिएर एकै परिवारको दुई जनाको मृत्यु

काठमाडौँ । संखुवासभामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा आज बिहान खसेको पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राई रहेका छन् ।
पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको प्रहरीले जनाएको छ ।