एकीकृत समाजवादी मकवानपुरका पूर्व उपाध्यक्ष एमालेमा फर्किए

तु खबर संवाददाता
२०८१ श्रावण १, मंगलवार १५:२०

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरका पूर्व उपाध्यक्ष भूमिनन्द अर्याल, जिल्ला सचिवालय सदस्य कालू ढकाल र जिल्ला सदस्य जविन्द्र थोकरलगायतका नेताहरु नेकपा एमालेमा फर्किएका छन् ।

पार्टी विभाजनको समयमा नेकपा एकीकृत समाजवादीमा गएका उनीहरु एमालेमा फर्किएका छन् ।

एमाले मकवानपुरको पार्टी कार्यालयमा भएको कार्यक्रमबीच उनीहरुलाई एमाले केन्द्रीय सदस्य केदार न्यौपाने, जिल्ला अध्यक्ष श्रीधर पोखरेल सहितका नेताहरुले एमालेमा स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष पोखरेलले एमाले छाडेर समाजवादी पुगेका एमाले नेता तथा कार्यकर्ता क्रमिक रूपमा एमालेमा फर्कने क्रममा रहेको बताए ।