समाचार

पूर्व प्रधानमन्त्री लोकेन्द्र चन्द अस्पताल भर्ना

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता लोकेन्द्रबहादुर चन्द अस्पताल भर्ना भएका छन् । स्वास्थ्य समस्या देखिएपछि उनलाई बुधबार वीर अस्पताल भर्ना गरिएको हो । पिसाबमा सङ्क्रमण देखिएपछि परीक्षणका लागि अस्पताल पुगेका उनलाई डेङ्गु र टाइफाइड देखिएपछि भर्ना गरेको राप्रपा सचिवालय सदस्य केशवप्रसाद श्रेष्ठले जानकारी...

हेटौंडामा शनिबार कोरा साइकल र्याली हुने

मकवानपुर । मकवानपुरको हेटौंडामा आउँदो शनिबार कोरा साइकल र्याली हुने भएको छ । उक्त साइकल र्याली हेटौंडा राइर्डरस क्लबको आयोजनामा हुने भएको हो । क्लबले कोरा–२०२४ (सातौ संस्करण) आयोजना गर्न लागेको हो । ‘दिस इज नट अ रेस, एभ्रीवन इज अ उइनर’ स्लोगन राखेर सामुहिक रुपमा गरिने आयोजक क्लबका...

सेयर बजार ५४ अंकले बढ्यो, १२ अर्ब भन्दा बढीको कारोबार

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५४ दशमलव ०४ प्रतिशतले बढेको छ । अघिल्लो दिन ७० दशमलव १८ प्रतिशतले बढेको सेयर बजार बुधबार पनि बढ्दै १ हजार ३६४ दशमलव ६३ को बिन्दुमा पुगेको नेप्सेले जनाएको छ । यस्तै, आज बुधबार ३...

कुकुरलाई कुटेको निहुँमा बुवाको हत्या, छोरा पक्राउ

बुटवल । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–५ ठकुरी चोकमा १८ वर्षीय निराजन कुमालले ढुंगाले हानेर बुवाको हत्या गरेका छन् । बुधवार बिहान १८ वर्षीय निराजनले ४३ वर्षीय बुवा प्रेम कुमालले आफ्नै बुवाको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घरमा पालेको कुकुरलाई कुटेर मारेको निहुँमा बाबु–छोराबीच झगडा भएको थियो...

चन्द्रागिरि केबलकार पुनः संचालन, अड्किएका सबैको उद्धार

काठमाडौं । विद्युत् प्रवाहमा समस्या देखिएपछि अवरुद्ध बनेको चन्द्रागिरि केबलकार पुनः संचालनमा आएको छ । दिउँसो करिब साढे १ बजेदेखि अवरुद्ध बनेको उक्त केबलकार पुनः संचालनमा आएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, केही बेरअघि केबलकार सुचारु गरिएको हो । केबलकार अवरुद्ध हुँदा ७५ जना यात्रुहरू अड्किएका थिए...

स्विमिङ पुलमा डुबेर युवकको मृत्युु

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ फर्साटिकरस्थित रिद्दिसिद्धी पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही पार्टी प्यालेसमा काम गर्ने गुल्मी घर भएका २४ वर्षीय बिमल थापा रहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार, पौडी खेल्ने क्रममा डुबेपछि उनी गम्भीर घाइते...

रसुवा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस

काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ । रसुवाको मन्चेट नजिक केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, दिउँसो ३ बजेर २४ मिनेटको समयमा गएको उक्त भूकम्पको तीव्रता ३ दशमलव ९ म्याग्निच्युड रहेको थियो । यसअघि आज बिहान...

सत्तापक्षको मूख्य सचेतकमा मकवानपुरका बर्ताैला

काठमाडौं । नेकपा एमालेले सत्तापक्षको मूख्य सचेतकमा मकवानपुरका महेश बर्ताैलालाई नियुक्त गरेको छ । प्रधानमन्त्री ओलीले बुधबार  बर्ताैलालाई उक्त जिम्मेवारी दिएका हुन् । नेकपा एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा साउन २ गतेबाट...

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलेअ साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् । केही दिनअघि मात्रै प्रधानमन्त्रीमा नियुक्ती भएका उनले प्रतिनिधि सभामा विश्वासको मत लिन लागेका हुन् । संविधानतः प्रधानमन्त्री नियुक्ती भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ । सोही अनुरुप उनले विश्वासको मत लिन लागेका...

स्थापना दिवसको अवसरमा चियापान

मकवानपुर । अखिल नेपाल ब्युटिसियन श्रमिक संघको प्रथम स्थापना दिवसको अवसरमा जिल्ला कमिटी मकवानपुरले शुभकामना आदान–प्रदानसहित चियापान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम संघको जिल्ला कमिटी मकवानपुरकी अध्यक्ष कुमारी लामाको अध्यक्षता एवम् बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा मन्त्री मोक्तानले आफुले...