समाचार

मकवानपुरका शाहसहित दुई जना पक्राउ

बारा । बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२१ पथलैया चोकबाट मकवानपुरका अन्जन शाह लागूऔषधसहित पक्राउ परेका छन् । मकवानपुरको राक्सिराङ गाउँपालिका–२ निवासी २८ वर्षीय शाह लागूऔषध गाँजा २६ किलोसहित बिहीबार पक्राउ परेका हुन् । उनीसँगै भारत बिहार राज्य सुमौली बस्ने ३० वर्षीय दिपक चन्द्र देव पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले...

राप्रपाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ । बिहीबार बसेको राप्रपा संसदीय दलको बैठकले उक्त निर्णय गरेको दलका उपनेता गिरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार, बैठकले मुख्यमन्त्री जम्कट्टेलले मागेको विश्वासको मतको विपक्षीमा मत दिने निर्णय गरेको हो ।...

सिमलताल पहिरोः बेपत्ता यात्रुमध्ये थप एक जनाको शव फेला

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत पर्ने चितवनको सिमलतालस्थित पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बस र यात्रुमध्ये थप एक जनाको शव फेला परेको छ । भरतपुर महानगरपालिका–२६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा आज थप एक जनाको शव फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ । प्रहरीका अनुसार, उक्त...

बिहीबार नेप्से ५९.६८ अकंले बढ्यो, साढे १५ अर्बको कारोबार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से ५९ दशमलव ६८ अकंले बढेर २ हजार ४२४ दशमलव ३२ बिन्दुमा पुगेर बन्द भएको हो । यस्तै, आज ३१२ कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयर किनबेच...

नवनियुक्त महान्यायाधिवक्ताद्वारा शपथ ग्रहण

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नवनियुक्त महान्यायाधिवक्ता बडालले राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रमबीच शपथ ग्रहण गरेका हुन् । उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए । बडाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति...

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङ र बाँके जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले दाङको घोराही उपमहानगरपालिका–१६, बर्धन्ने बस्ने २३ वर्षीय बिक्रम घर्ती मगरलाई अवैध लागूऔषधसहित पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको...

अस्पतालको झ्यालबाट खसेर एक जनाको मृत्यु

चितवन । चितवनको पुरानो मेडिकल कलेज भरतपुर अस्पतालको झ्यालबाट खसेर एक जनाको मृत्यु छ । झ्यालबाट खसेर सोही अस्पतालमा उपचाररत नवलपरासीको हुक्सेकोट गाउँपालिका–२ का ७६ वर्षीय बलबहादुर खाम्चा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृतक मगर पिसाब थैलीमा क्यान्सरसम्बन्धी उपचारका लागि साउन २ गते अस्पताल भर्ना...

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक अहिले ४ बस्ने बस्ने गरी आह्वान गरिएको हो । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाइएको हो । उक्त बैठकले नियुक्तिसहितका महत्वपूर्ण निर्णयहरु गर्ने स्रोतले बतायो ।

सिमलताल पहिरोः १९ जनाको शव फेला

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत पर्ने चितवनको सिमलतालस्थित पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बस र यात्रुमध्ये हालसम्म १९ जनाको शव फेला परेको छ । गत असार २८ गते शुक्रबार बिहान साढे ३ बनेको समयमा पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुमध्ये १९ जनाको शव...

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । कैलालीमा बुधबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका वडा नम्बर २ का ४० वर्षीय लक्ष्मी जैसी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घरमा पोछा लगाउने क्रममा फ्रिजको पछाडीपट्टि रहेको तार छुन गई जैसीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर उनको...