समाचार
उपेन्द्र यादव नेतृत्वको जसपाले ओलीलाई विश्वासको मत दिने
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने भएको छ । पार्टीका अध्यक्ष यादवले पार्टीले आधिकारिक निर्णय नगरेपनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन पार्टी सकारात्मक रहेको जानकारी दिए । अध्यक्ष यादवले भोलि वा पर्सी संसदीय दलको बैठक बसेर यस विषयमा आधिकारिक...
हेटौंडाबाट गोरुसहित ट्रक प्रहरीको नियन्त्रणमा
मकवानपुर । मकवानपुर प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, थानाभर्याङबाट आज दिउँसो गोरुसहित ट्रक नियन्त्रणमा लिएको छ । दिउँसो १२ बजेको समयमा स्थानीय भान्जा वर्कशप भित्र राखेको अवस्थामा १८ वटा गोरु र ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी...
हेटौंडामा खेतको आलीबाट लडेर वृद्धको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडामा आज बिहानमा खेतको आलीबाट लडेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८, हर्नाफाट बस्ने ७१ वर्षीय प्रेमबहादुर तुमसिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, बिहान ११ बजेको...
दुई हजार रुपैयाँले घट्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ घटेको छ । आज सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएको छ । भाउ घटेसँगै आज छापावाला सुन प्रतितोला एक लाख ४७ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ...
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक यही साउन २३ गते बस्ने गरी बोलाइएको हो । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शीर्ष नेताबिच भएको छलफलको क्रममा भएको सहमति अनुसार बैठक बोलाएको महामन्त्री गगन थापाले जानकारी दिए । केन्द्रीय समिति बैठकमा गत फागुनमा सम्पन्न महासमिति...
राष्ट्रिय सभा बैठक आह्वान
काठमाडौं । संघीय सांसदअन्तर्गत आज बस्ने गरी राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ । बैठक संघीय संसद् भवन बानेश्वरमा बस्ने गरी आह्वान गरिएको हो । आज दिउँसो सवा १ बजेबाट सुरु हुने गरी बोलाइएको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयकहरू प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी...
आज यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले देशभर आंशिकदेखि साधरणतया बदली रही बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो । ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको...
चितुवाको आक्रमणबाट बालकको मृत्यु
तनहुँ । तनहुँको बन्दीपुर–४ सालथानमा बिहीबार चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय जितबहादुर अछामीका ११ वर्षीय छोरा सुन्दर अछामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । प्रहरीका अनुसार, गाईगोठबाट घरतर्फ फर्किने क्रममा चितुवाले बालकलाई आक्रमण गरेको थियो । चितुवाको आक्रमणमा परेर गम्भीर...
मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद्को हाल जारी छ । बैठक बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिररहेको छ । बैठकले नियुक्तिसहितका महत्त्वपूर्ण निर्णयहरू गर्न सक्ने जनाइएको छ ।
बाढी, पहिरो लगायतका विपदमा परी १२५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा बाढी, पहिरो लगायत विपद्को विभिन्न घटनामा परेर १२५ जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बिहीबार दिउँसोसम्म १ सय २५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कोशी प्रदेशमा २२ जना, मधेश...









