दुई हजार रुपैयाँले घट्यो सुनको भाउ

तु खबर संवाददाता
२०८१ श्रावण ४, शुक्रबार १०:५०

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ घटेको छ । आज सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएको छ ।

भाउ घटेसँगै आज छापावाला सुन प्रतितोला एक लाख ४७ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । भाउ घटेसँगै आज चाँदी प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।