समाचार
‘समाज रुपान्तरणमा सूचना प्रविधिको भूमिका महत्वपूर्ण छ’
मकवानपुर । नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्री कुमारी मोक्तानले समाज रुपान्तरणका लागि सूचना प्रविधिको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् । शनिवार हेटौंडामा सम्पन्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी) मकवानपुर जिल्ला कमिटी अन्तरगतको जिल्ला प्राविधिक कमिटीको प्रथम भेलालाई सम्बोधन गर्दै मन्त्री मोक्तानले...
प्रधानमन्त्री ओलीलाई राप्रपाले विश्वासको मत नदिने
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत नदिने भएको छ । आफूहरुले अघि सारेको संविधान संशोधनको मुद्दामा सघाउन तयार रहेको बताउँदै अहिले विश्वासको मत दिने आधार तयार नभएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । अहिले सत्ता टिकाउनको लागि आफूहरुको मत आवश्यक पनि नभएको उनको भनाई छ ।...
आगामी निर्वाचनमा माओवादीलाई कांग्रेस एमालेले साथ दिँदैनः पोखरेल
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीलाई नेपाली कांग्रेस र नेकपा एमालेले साथ नलिने बताएका छन् । उनले कतारको दोहामा भएको प्रवासी मञ्चको सातौँ अधिवेशनलाई सम्बोधन गर्दै माओवादीलाई आगामी निर्वाचनमा साथ नदिने विषयमा सहमति भएरै नयाँ गठबन्धन बनाइएको बताए । पोखरेलले राजनीतिक स्थायित्वको लागि कांग्रेस–एमाले...
मनसुनी विपदबाट मृत्यु भएकाहरुको परिवारलाई दुई लाखका दरले राहत
काठमाडौँ । मनसुनी विपदमा परेर ज्यान गुमाएका परिवारलाई दुई लाखका दरले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा रकम निकासा गरिएको छ । ६९ जनाको परिवारका लागि १ करोड ३८ लाख रुपैयाँ निकासा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । मनसुनको अवधिमा सबै प्रकृतिका विपद्मा...
प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेद्वारा ह्विप जारी
काठमाडौं । नेकपा एमालेले पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । भोलि (आइतबार) बस्ने प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित भई ओलीलाई प्रधानमन्त्री पदमा विश्वासको मत दिन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । भोलिको बैठकमा प्रधानमन्त्री...
अवैध लागूऔषधसहित चार जना पक्राउ
काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले डोल्पा र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले डोल्पाको ठुलीभेरी नगरपालिका–३ दुनैबाट अवैध लागूऔषध चरेश १० ग्राम ७४ मिलिग्रामसहित ३ जनालाई शुक्रबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा त्रिपुरासुन्दरी...
बागमती प्रदेशः संसद्को कार्यपरामर्श समितिको बैठक बस्दै
मकवानपुर । बागमती प्रदेश सभाको कार्य परामर्श व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक अपराह्न ३ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । सो सचिवालयका अनुसार, बैठकले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अल्पमत सरकारको तर्फबाट विश्वासको मत लिनेबारे कार्यसूची तयार गर्नेछ । प्रदेश सभाको भोलि साउन...
एसईईमा उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान
मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी) मनहरी गाउँपालिका समितिले २०८० सालको एसईई परीक्षामा गाउँपालिकाको विभिन्न विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । शुक्रबार बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका विद्यालयहरुबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको हो...
सिमलताल पहिरोः बेपत्ता बस र यात्रु खोज्न भारतीय उद्धार टोली खटियो
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत पर्ने चितवनको सिमलतालस्थित पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बस र यात्रु खोज्न भारतीय उद्धार टोली खटिएको छ । सिमलतालमा असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा दुईवटा बससँगै बेपत्ता भएका यात्रुहरुको खोजी गर्न १२ सदस्यीय भारतीय उद्धार टोली खटिएको हो । वीरगञ्जबाट...
कांग्रेसद्वारा संसदीय दलको बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक भोलि साउन ६ गते आइतबार बस्ने गरी आह्वान गरिएको हो । बैठक आइतबार मध्याह्न १२ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने संसदीय दलको कार्यालयले जनाएको छ । उक्त बैठकमा सरकार, संसद् र समसामयिक विषयमा...










