बागमती प्रदेशः संसद्को कार्यपरामर्श समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०८१ श्रावण ५, शनिबार ११:५१

मकवानपुर । बागमती प्रदेश सभाको कार्य परामर्श व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक अपराह्न ३ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सो सचिवालयका अनुसार, बैठकले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अल्पमत सरकारको तर्फबाट विश्वासको मत लिनेबारे कार्यसूची तयार गर्नेछ ।

प्रदेश सभाको भोलि साउन ६ गते अपराह्न १ बजे बस्ने बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेको छ ।

नेकपा एमालेबाट मन्त्री बनेका पाँच जनाले सामूहिक रुपमा राजीनामा दिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् ।