समाचार

कांग्रेस मकवानपुरद्वारा स्वर्गीय बीपीको स्मृतिमा आश्रममा आश्रितहरुलाई भोजन

मकवानपुर । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय बीपी कोइरालाको स्मृतिमा कांग्रेस मकवानपुरले आज हेटौंडास्थित मानव सेवा आश्रममा आश्रितहरुलाई भोजन गराएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका स्वर्गीय कोइरालाको सम्झनामा आश्रममा आश्रित २२० जनालाई चियापान तथा दिवा भोजन गराइएको हो । सो...

रास्वपाको संसदीय दलको बैठक ११ बजे बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने गरी बोलाइएको रास्वपाका कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए । कार्यबहाक प्रवक्ता झाका अनुसार, आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले...

बीपीको स्मृति दिवसमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम

मकवानपुर । बीपी विचार समाज मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, सरस्वतीस्थित बीपी बाटिकामा सरसफाई तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को ४२ औं स्मृति दिवसको अवसरमा समाजले उक्त कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा हर्रो, बर्रो, जामुन, अमला, राजबृक्ष, पारिजात,...

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जनाएको छ । महाशाखाका अनुसार, त्यसको प्रभावले देशभर साधरणतया बदली रही हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो देशभर...

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज विश्वासको मत लिँदैछन् । असार ३० गते प्रधानमन्त्री पदमा नियुक्ती भएका उनले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिन लागेका हुन् । संविधानतः प्रधानमन्त्री नियुक्ती भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ । सोही अनुरुप उनले विश्वासको मत लिन लागेका हुन् । उनलाई...

आज ४२ औं बीपी स्मृति दिवस मनाइँदै

काठमाडौं । आज प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को ४२ औं स्मृति दिवस मनाइँदैछ । उनको योगदानको स्मरण गर्दै आज विविध कार्यक्रमको आयोजना गरी बीपीको स्मृति दिवस मनाइने भएको हो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका उनको वि.सं. २०३९ साउन ६ गते निधन भएको थियो ।...

मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्न एमालेको ह्विप

मकवानपुर । नेकपा एमाले संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ । एमाले बागमतीले आफ्ना सांसदहरुलाई विपक्षमा मत दिन शनिबार ह्वीप जारी गरेको हो । एमाले संसदीय दलका मुख्य सचेतक मधुसूदन पौडेलले एमाले सांसदहरुलाई आइतबारको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्रीको...

बागमती प्रदेश सभाको बैठक आज बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्ने गरी बोलाइएको छ । अनिश्चितकालका लागि स्थगित भएको प्रदेश सभा बैठक आज बस्ने गरी बोलाइएको हो । बैठक प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बस्नेछ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकमा प्रदेशका मुख्यमन्त्री...

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन् । नेकपा एमालेबाट सरकारमा सहभागी पाँच जना मन्त्रीले गत असार २४ गते सामूहिक राजिनामा दिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले आज प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रकृयाको लागि आज दिउँसो...

कांग्रेस बागमती संसदीय दलको बैठक बस्दै

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक आज बस्दैछ ।  बैठक बिहान ९ बजे  बस्ने गरी बोलाइएको हो । कांग्रेसको सचिवालय भवनमा बस्ने उक्त बैठकले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतबारे निर्णय गर्ने जनाइएको छ । मुख्यमन्त्री जम्कट्टेलले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन् । नेकपा एमालेबाट...