प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने

तु खबर संवाददाता
२०८१ श्रावण ६, आईतवार ०९:५७
file-photo

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज विश्वासको मत लिँदैछन् । असार ३० गते प्रधानमन्त्री पदमा नियुक्ती भएका उनले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिन लागेका हुन् ।

संविधानतः प्रधानमन्त्री नियुक्ती भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ । सोही अनुरुप उनले विश्वासको मत लिन लागेका हुन् ।

उनलाई नेपाली कांग्रेसको साथ छ । यद्यपि ओलीले दुई तिहाइ समर्थन जुटाउने लक्ष्यका साथ साना दलहरूसँग पनि विश्वासको मत मागिरहेका छन् ।