आज ४२ औं बीपी स्मृति दिवस मनाइँदै
काठमाडौं । आज प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को ४२ औं स्मृति दिवस मनाइँदैछ ।
उनको योगदानको स्मरण गर्दै आज विविध कार्यक्रमको आयोजना गरी बीपीको स्मृति दिवस मनाइने भएको हो ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका उनको वि.सं. २०३९ साउन ६ गते निधन भएको थियो ।
१९७१ भदौ २४ गते जन्मिएका उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका थिए ।
वि.सं. २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री चुनिएका थिए ।
