बीपीको स्मृति दिवसमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम
मकवानपुर । बीपी विचार समाज मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, सरस्वतीस्थित बीपी बाटिकामा सरसफाई तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को ४२ औं स्मृति दिवसको अवसरमा समाजले उक्त कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा हर्रो, बर्रो, जामुन, अमला, राजबृक्ष, पारिजात, सुपारी विभिन्न जातका रुख विरुवा रोपिइएको हो ।
कार्यक्रम समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको सभाध्यक्षता एवम् कांग्रेस मकवानपुरका पूर्व सभापति तथा बागमती प्रदेशका संगठन विभाग प्रमुख माइकल रामचन्द्र अर्यालको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो । सो क्रममा प्रमुख अतिथि अर्यालले नेपालको राजनीतिमा बीपीको योगदान बारे चर्चा गरेका थिए ।
कार्यक्रमा कांग्रेस महासमिति सदस्य राधा कोइराला, बागमती प्रदेश सदस्य प्रदिप कोइराला, नगर उपसभापति डोल्मा स्याङ्बो, शिक्षक संघका बागमती प्रदेश अर्थ सचिव शान्ता गजुरेल, हेटौँडा ११ का पार्टी सभापति दिपक उप्रेती, हरिप्रसाद पौडेल लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
