कांग्रेस मकवानपुरले मनायो ४१ औं वीपी स्मृति दिवस

तु खबर संवाददाता
२०८० श्रावण ६, शनिबार १५:२६

मकवानपुर । प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता स्व.विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको ४२ औं स्मृति दिवस हेटौंडामा मनाइएको छ । नेपाली कांग्रेस मकवानपुरले शनिबार बिहान चियापान कार्यक्रमको आयोजना गरी वीपी स्मृति दिवस मनाएको हो ।

पार्टी कार्यालयको परिसर हेटौंडा–२ स्थित स्थापना गरिएको पूर्व प्रधानमन्त्री स्व. कोइरालाको प्रतिमामा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, उपसभापति आनन्द कठायन, महासमितिका सदस्यहरु र नेता तथा कार्यकर्ताहरुले पुष्पगुच्छा चढाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

 

यस्तै, सोही अवसरमा मकवानपुरबाट कांग्रेसको पार्टी, भातृ तथा शुभेच्छुक संस्थामा मनोनित केन्द्रीय सदस्य र बागमती प्रदेशका पदाधिकारी एवम् सदस्यमा मनोनित भएका २३ जनालाई बधाई ज्ञापन कार्यक्रमको आयोजना गरिएको थियो ।

साथै कार्यक्रममा निको अस्पताल प्रालि तमु फार्मेसी हेटौंडाद्वारा स्वास्थ्य जाँचसमेत गरेको थियोे ।

सो अवसरमा कांग्रेस मकवानपुरका सभापति लामाले स्व. कोइरालाले आफ्नो प्रधानमन्त्रीको कालमा दुबै छिमेकी राष्ट्रहरुसँग सन्तुलित र कुटनैतिक सम्बन्ध स्थापित गरेर नेपाललाई आर्थिक र विकासको पूर्वाधारलाई अगाडि बढाउन महत्वपूर्ण योगदान गरेको उल्लेख गरे ।

उनले स्व.कोइरालाको योगदान चिरस्मरणीय रहेको र उन प्रेरणाको स्रोतले आज मुलुकमा प्रजातान्त्रिक शक्तिलाई एकजुट पार्न सफलता प्राप्त भएको बताए ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेशका संगठन विभाग प्रमुख माईकल रामचन्द्र अर्याल, जिल्ला सभापति लामा र जिल्ला उपसभापति आनन्द कठायतले वीपीले गरेको संघर्ष र योगदानको बारेमा चर्चा गरेका थिए ।

उक्त कार्यक्रममा मकवानपुरका विभिन्न राजनीतिक दलका प्रतिनिधि, मकवानपुर जिल्लास्थ्ति सरकारी कार्यालयका प्रमुखहरु, समाजसेवी, शिक्षक, नेपाली कांग्रेसका महासमितिका सदस्यहरु, नेता तथा कार्यकताहरुको सहभागिता रहेको थियो ।