समाचार

आइतबार नेप्से ६१ अंकले बढ्यो

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ६१ दशमलव ६१ अंकले बढेर २ हजार ४ सय ८८ दशमलव ९४ अंकमा पुगेर रोकिएको छ । यो २ दशमलव ४८ प्रतिशतको वृद्धि भएको जनाइएको छ । यस्तै, आज...

पुष्पलाल स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम

मकवानपुर । नेकपा एमाले मकवानपुरले ४६ औं पुष्पलाल स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुप्पलाल श्रेष्ठको सम्झनामा हेटौंडा–५ स्थित पार्टी कार्यालय परिषरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेको पार्टी जिल्ला अध्यक्ष श्रीधर पोखरेलले जानकारी दिए...

अवैध लागूऔषधसहित आठ जना पक्राउ

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले कास्की, मोरङ, तनहुँ र पर्सा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कास्कीको पोखरा महानगरपालिका–५ ज्योति मार्ग डेरा गरी बस्ने स्याङजा विरूवा गाउँपालिका–११ घर भएकी २२ वर्षीया सुस्मिता नेपालीसमेत ३ जनालाई अवैध...

मोटरसाइकलको ठक्करबाट श्रेष्ठको मृत्यु

चितवन । चितवनमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट भरतपुर महानगरपालिका–२ निवासी ४२ वर्षीय सुस्मा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, उनलाई साउन ४ गते वडा नं २ बाइपास रोडमा ना २१ प १७१५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।...

देशभर १५ सयभन्दा बढीमा डेंगु संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो समय देशभर डेंगु संक्रमितको संख्या बढ्दो छ । लगातार पानी परिरहेकाले डेंगु सङ्क्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । उक्त शाखाका अनुसार, देशको ७३ जिल्लाका १ हजार ५ सय ५७ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । मुस्ताङ,...

बागमती प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीको राजीनामा स्वीकृत

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामालाई स्वीकृती प्रदान गरेका छन् । प्रदेश प्रमुख शर्माले संविधान बमोजिम जम्कट्टेलको राजीनामालाई स्वीकृती प्रदान गरेका हुन् । अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले आइतबार नै प्रदेश प्रमुखसमक्ष पदबाट राजीनामा दिएका थिए । गत असार २४ गते नेकपा एमालेबाट सरकारमा...

बागमती मुख्यमन्त्रीले दिए पदबाट राजीनामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री जम्कट्टेलले आइतबार प्रदेश प्रमुख यादवचन्द शर्मासमक्ष पदबाट राजीनामा दिएका हुन् । नेकपा एमालेबाट सरकारमा सहभागी पाँच मन्त्रीले सामूहिक राजीनामा दिएपछि अल्पमतमा परेको उनले आइतबार बसेको प्रदेश सभालाई सम्बोधन गरेका थिए । सो क्रममा उनले अविश्वासको प्रस्तावलाई...

बागमतीका मुख्यमन्त्रीद्वारा राजीनामा दिने घोषणा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलले आज अपराह्न बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । उनले आफ्नो नेतृत्वमा रहेको मौजुदा अल्पमतको सरकारले अविश्वासको प्रस्तावलाई निकास दिने उद्देश्यले आजै बागमती प्रदेश प्रमुख यादव चन्द्र...

प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्न रास्वपाको ह्वीप

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभामा राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद्हरुलाई निर्देशन जारी गरेको छ । संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् । रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्री विश्वासको मत नदिने र...

बहादुर सिंह लामालाई मुख्यमन्त्री बनाउने कांग्रेस संसदीय दलको निर्णय

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज विहान बसेको बैठकले बहादुर सिंह लामालाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । लामा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता हुन् । उनलाई नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनाउन संसदीय दलबाट सर्वसम्मत निर्णय भएको हो । त्यस्तै संसदीय दलको बैठकले...