बागमती प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीको राजीनामा स्वीकृत

तु खबर संवाददाता
२०८१ श्रावण ६,आईतवार १६:१३
file-photo

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामालाई स्वीकृती प्रदान गरेका छन् ।

प्रदेश प्रमुख शर्माले संविधान बमोजिम जम्कट्टेलको राजीनामालाई स्वीकृती प्रदान गरेका हुन् ।

अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले आइतबार नै प्रदेश प्रमुखसमक्ष पदबाट राजीनामा दिएका थिए ।

गत असार २४ गते नेकपा एमालेबाट सरकारमा सहभागी पाँच मन्त्रीले सामूहिक राजीनामा दिएपछि जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

प्रदेश प्रमुख शर्माले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म काम चलाउ सरकारको रुपमा जम्कट्टेललाई निर्देशन दिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।