मोटरसाइकलको ठक्करबाट श्रेष्ठको मृत्यु
चितवन । चितवनमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकलको ठक्करबाट भरतपुर महानगरपालिका–२ निवासी ४२ वर्षीय सुस्मा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार, उनलाई साउन ४ गते वडा नं २ बाइपास रोडमा ना २१ प १७१५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि चितवनको मेडिकल कलेजमा लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हबल्दार सूर्य न्यौपाने चलाएको बुझिइएको थियो ।
प्रहरीले ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
