समाचार

बाढी, पहिरो लगायतका विपद्को घटनामा परेर १३१ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्को घटनामा परी सोमबार दिउँसोसम्म १ सय ३१ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २७ जना, गण्डकी प्रदेशमा ३८...

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएका छन् । नेकपा एमाले संसदीय दलका उपनेता समेत रहेका आचार्य सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । आचार्यले नेपाली कांग्रेसको समर्थनमा सोमबार नै ५६ सांसदको...

महिला एसिया कप क्रिकेटः उपाधि होडबाट बाहिरियो मलेसिया

काठमाडौं । श्रीलंकामा जारी नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि होडबाट मलेसिया बाहिरिएको छ । सोमबार सम्पन्न खेलमा श्रीलंकासँग पराजित भएसँगै मलेसिया उपाधि होडबाट बाहिरिएको हो । पहिलो खेलमा थाइल्यान्डसँग २२ रनले पराजित भएको मलेसिया टेस्ट राष्ट्र श्रीलंकासँग एक सय ४४ रनले पराजित भएको हो । यससँगै श्रीलंकाले...

सोमबार सेयर बजारमा तीब्र उतारचढाब

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार दिनभर सेयर बजारमा तीब्र उतारचढाव आएको छ । आज तीन पटकसम्म बजारले २५०० अंक नाघे पनि अन्ततः २४८८ अंकमा बन्द भएको छ । जुन अघिल्लो दिनको तुलनामा २ दशमलव १५ अंक बढी हो । आज कारोबार रकम भने घटेको छ...

‘किताब जात्रा’ को छैठौं संस्करण काठमाडौंमा हुने

काठमाडौं । ‘किताब जात्रा’ को छैठौं संस्करण आर्मी अफिसर्स क्लब, काठमाडौंमा हुने भएको छ । कार्यक्रम यही साउन १८ र १९ गते हुने भएको फाउन्डेसनका अध्यक्ष तथा फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले जानकारी दिए । पठन संस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउने उद्देश्यले स्थापित फाउन्डेसनले आयोजना गर्ने ‘किताब जात्रा’ को यो...

मन्त्री मोक्तानद्वारा महत्वपूर्ण उपलब्धीहरु समेटिएको पुस्तक सार्वजनिक

मकवानपुर । बागमती प्रदेश, सामाजिक विकासमन्त्री कुमारी मोक्तानले आफ्नो कार्यकालमा भएको महत्वपूर्ण उपलब्धिहरु समेटिएको पुस्तक सार्वजनिक गरेकी छन् । मन्त्री मोक्तानले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् आफ्नो कार्यकालमा भएको मुख्य–मुख्य कार्य विवरण समेटिएको पुस्तक सार्वजनिक गरेकी हुन् । सार्वजनिक उक्त पुस्तिकामा मन्त्रालयको कार्य क्षेत्र भित्र पर्ने शिक्षा, गरिबी निवारण,...

पूर्वी नाकाबाट निर्यात भयो १९ अर्बको कृषिजन्य वस्तु

झापा । पूर्वी नाका काँकडभिट्टाबाट पछिल्लो एक वर्षको अवधिमा १९ अर्बको कृषिजन्य वस्तुत निर्यात भएको छ । उक्त नाकाबाट आर्थिक वर्ष २०८०-०८१ मा १९ अर्बको कृषिजन्य वस्तुत निर्यात भएको हो । निर्यात भएका कृषिजन्य वस्तुमा तरकारी, फलफूल, बिरुवा, जडीबुटी, प्रशोधित सामग्री, औद्योगिक बाली, चिया, अम्रिसो, अलैँची, काठका हस्तकला सामग्री,...

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

तनहुँ । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमाद नगरपालिका–६ शान्तनगर माझटार बस्ने ३५ वर्षीय पीताम्बर नेपाली रहेका छन् । उनलाई आइतबार दिउँसो इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । ती महिलालाई आफ्नै घरमा लगी डर...

पूर्वमन्त्रीको हत्या प्रकरणः राप्रपाद्वारा ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वमन्त्री रामचन्द्र रायको हत्याप्रति सरकारको ध्यानाकर्षण गराएको छ । राप्रपाले एक विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य जाँचबुझ गर्न, घटनामा संलग्नको खोजी गर्न र कडा कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो । पार्टी प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा रायको निधनबाट राप्रपाले...

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ भने चाँदी भाउ सामान्य घटेको छ । आज सुन प्रतितोला एक सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, भाउ बढेसँगै आज छापावाल सुन प्रतितोला १ लाख ४६...