जबरजस्ती करणी गरेको आरोपमा पक्राउ
तनहुँ । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भिमाद नगरपालिका–६ शान्तनगर माझटार बस्ने ३५ वर्षीय पीताम्बर नेपाली रहेका छन् ।
उनलाई आइतबार दिउँसो इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
ती महिलालाई आफ्नै घरमा लगी डर धम्की देखाई शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा नेपाली पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
