समाचार

हत्याको आरोपमा एक जना पक्राउ

जनकपुरधाम । सिराहामा छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्नमा गाउँपालिका–२ ब्रहमपुरीका ५२ वर्षीय बच्चु भन्ने बचाइ महतो रहेका छन् । बच्चुलाई सोही ठाउँका ५३ वर्षीय बुधराम महतोको हत्या गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । प्रहरीका अनुसार,...

बागमतीमा सवारी कारबाहीबाट १७ करोड ७८ लाख राजस्व संकलन

मकवानपुर । बागमती प्रदेशमा सवारी साधन कारबाहीबाट रु १७ करोड ७८ लाखभन्दा बढी राजस्व रकम संकलन गरिएको छ । प्रदेशमा गत आर्थिक वर्ष २०८०–०८१ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनबाट १७ करोड ७८ लाख १७ हजार रुपैयाँ बराबरको राजस्व रकम संकलन गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक...

वीपी स्मृति दिवसको अवसरमा बृक्षारोपण

मकवानपुर । ४२ औं वीपी स्मृति दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिका १३ वनस्पतीस्थित टासी छईलिङ्ग गुम्बामा सोमबार बृक्षारोपण गरिएको छ । गुम्बाकी अध्यक्ष लक्ष्मी थिङ्गको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा बृक्षारोपण गरिएको हो । बृक्षारोपण कार्यक्रममा एभोकाडो, कागती, अमला, बेललगायतका विभिन्न ५ सय विरुवा...

नेविसंघ वन विज्ञानद्वारा विद्यार्थीलाई स्वागत तथा सम्मान

मकवानपुर । नेपाल विद्यार्थी संघ वन विज्ञान संकायद्वारा फरेष्ट्री पढ्न आएका नयाँ तथा पुराना विद्यार्थीलाई क्याम्पस स्वागत तथा सम्मानसहित सांस्कृतिक कार्यक्रम गरेको छ । सोमबार वन विज्ञान संकायमा विएस्सी फरेष्ट्री पढ्न आएका प्रथम वर्ष २०८०–०८४ ब्याजका विद्यार्थीहरुलाई प्रमाणपत्रसहित स्वागत तथा पुराना २०७६–०८० ब्याजका विद्यार्थीलाई सम्मान गरिएको हो । कार्यक्रम...

बागमतीमा मन्त्रालयको भागबण्डा टुंगियो, कस्को भागमा कुन ?

मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि मन्त्रालयको भागबण्डा टुंगिएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगिएको हो । जसअनुसार मुख्यमन्त्रीसहित ७ मन्त्रालय कांग्रेसले र ६ वटा मन्त्रालय एमालेले पाउने भएका छन् । कांग्रेसले मुख्यमन्त्रीसँगै आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक...

मुख्यमन्त्री पदमा दाबी पेश गर्दै लामा, आजै नियुक्ती हुने

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामाले आज मुख्यमन्त्री पदको लागि दाबी पेश गर्ने भएका छन् । लामाले नेकपा एमालेको समर्थनमा मंगलबार बिहान ११ बजे मुख्यमन्त्री पदको दाबी पेश गर्ने भएका हुन् । यसअघि सोमबार मुख्यमन्त्री पदमा दाबी पेश गर्ने भनिएपनि नेकपा एमाले बागमती...

पहिरोका कारण अवरुद्ध कान्तिलोपथमा पुनः यातायात संचालन

मकवानपुर । कान्तिलोकपथ सडकखण्डमा पुनः संचालनमा आएको छ । गएराति आएको पहिरोका कारण अवरुद्ध हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो मार्गको रुपमा चिनिने उक्त सडकखण्डमा आज विहानदेखि यातायात पुनः संचालनमा आएको हो । विभिन्न स्थानमा गएको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा गएको पहिरो हटाई बिहानैदेखि यातायाता संचालनमा ल्याइएको प्रहरीले...

बागमती प्रदेशः कृषि मन्त्रीद्वारा प्रगति विवरण सार्वजनिक

मकवानपुर । बागमती प्रदेश, कृषि तथा पशुपन्छी विकास मन्त्री राजेन्द्र मान श्रेष्ठले आफ्नो कार्यकालमा भएको कार्यहरुको सोमबार प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्री श्रेष्ठले पत्रकार सम्मेलनमार्फत् आफुले सम्हालेको १४ महिनाको अवधिमा भएको प्रगति विवरण सार्वजनिक गरेका हुन् । उनले सो अवधिमा १ हप्ते लम्पी स्किन डिजिज नियन्त्रण तथा...

रास्वपाद्वारा विपद् व्यवस्थापनबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद् व्यवस्थापनबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । राप्रपाले विपद् व्यवस्थापनबारे पुनरावलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य सङ्कट पूर्व तयारीको माग गर्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो । सोमबार दर्ता गरिएको उक्त प्रस्तावमा रास्वपा सांसद तोसिमा...

अवैध लागूऔषधसहित युवक पक्राउ

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड चोकबाट अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भजनी नगरपालिका–९ डम्पुर बस्ने २५ वर्षीय गणेशमान सिंह रहेका छन् । उनलाई ३ सय मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित सोमबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी...