नेविसंघ वन विज्ञानद्वारा विद्यार्थीलाई स्वागत तथा सम्मान
मकवानपुर । नेपाल विद्यार्थी संघ वन विज्ञान संकायद्वारा फरेष्ट्री पढ्न आएका नयाँ तथा पुराना विद्यार्थीलाई क्याम्पस स्वागत तथा सम्मानसहित सांस्कृतिक कार्यक्रम गरेको छ ।
सोमबार वन विज्ञान संकायमा विएस्सी फरेष्ट्री पढ्न आएका प्रथम वर्ष २०८०–०८४ ब्याजका विद्यार्थीहरुलाई प्रमाणपत्रसहित स्वागत तथा पुराना २०७६–०८० ब्याजका विद्यार्थीलाई सम्मान गरिएको हो ।
कार्यक्रम नेविसंघ वन विज्ञान संकायका सभापति ऋषिराम रेग्मीको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, बागमती प्रदेशसभा सदस्य मिनकृष्ण महर्जन, नेपाल तरुण दल केन्द्रीय सदस्य राजेश भेटवाल, जिल्ला सदस्य राजु खतिवडा, नेविसंघ जिल्ला सचिव आशिष बास्तोला, वनविज्ञान अध्ययन संस्थान फरेष्ट्री क्याम्पसका सहायक क्याम्पस प्रमूख राजेश सिग्देल, स्ववियु सभापति दीपेन्द्र कंडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
