समाचार

सौर्य जहाज दुर्घटना: यी हुन् चालक दलका सदस्यसहितका यात्रु

काठमाडौं । सौर्य एयरलाइन्सको जहाजमा सवार चालक दलका सदस्यसहित १९ जनाको विवरण खुलेको छ । एयरलाइन्सका चिफ अफ सेल्स एण्ड मार्केटिङ मुकेश खनालले १९ जना सवारहरू चालक दलका सदस्य र कर्मचारी भएको जानकारी दिए । बुधबार बिहान विमानस्तल भित्रै भएको उक्त दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको छ भने...

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आकस्मिक बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओली आज बेलुका ५ बजे बस्ने गरी मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीले बिमान दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिन प्रक्रियाका लागि बैठक बोलाएका हुन् । बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षणका लागि पोखरा लगिने...

सौर्य एयरको जहाज दुर्घटनामा १८ को मृत्यु

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ । आज काठमाडौं बाट पोखरा जान लागेको जहाज काठमाडौं एयरपोर्टमा दुर्घटना भएको थियो । जहाजमा १९ जना सवार थिए भने क्याप्टेन मनिष...

रास्वपाद्वारा केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक यही साउन १० गते बिहीबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठक केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ । उक्त बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल...

मन्त्री श्रेष्ठद्वारा प्रगति विवरण सार्वजनिक

मकवानपुर । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले आफ्नो कार्यकालमा गरेको कार्यको प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्री श्रेष्ठले आफुले नेतृत्व गरेको २०७९–१०–११ देखि २०८१–०४–०६ सम्म सम्पादन गरेका प्रमुख कार्यको प्रगति विवरण मंगलबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका हुन् । मन्त्री श्रेष्ठले १६...

‘जनप्रतिनिधिले शिक्षामा ध्यान नदिँदा प्रतिफल कमजोर’

मकवानपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतमले जनप्रतिनिधिहरुको मुख्य ध्यान शिक्षामा हुनुपर्नेमा त्यसो नहुँदा एसईईको नतिजा कमजोर आएको बताएका छन् । मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी) बकैया गाउँपालिका समितिले २०८० सालको एसईई परीक्षामा पालिकास्थित विभिन्न विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान...

ओम बृद्धाश्रमलाई ३५ हजार सहयोग प्राप्त

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित ओम बृद्धाश्रमलाई ३५ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । आश्रमलाई मंगलबार प्रजातान्त्रि विचार समाज मकवानपुरले ४२ औं वीपी स्मृति दिवसको अवसरमा उक्त रकम सहयोग गरेको हो । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, विचार समाजका अध्यक्ष डा.देवचन्द्र मानन्धर लगायतले...

मकवानपुरमा सवारी दुर्घटना हुँदा पाँच जना घाइते

मकवानपुर । मकवानपुर जिल्लाको छुट्टाछुट्टै स्थानमा मंगलबार सवारी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जिल्लाको कान्तिलोक सडकखण्ड अन्तरगत पर्ने बकैयामा र पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मनहरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परेर उनीहरु घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, जिल्लाको बकैया गाउँपालिका–११, घट्टेपाखास्थित कान्तिलोकपथ सडकखण्डमा हेटौंडबाट...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र त्यसको प्रभावले देशभर साधरणतया बदली रहेको जनाएको छ । महाशाखाका हाल बागमती, गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो पनि देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, बागमती, गण्डकी,...

आज सात वटा संसदीय समितिको बैठक बस्ने

काठमाडौं । आज एकैदिन सात वटा संसदीय समितिको बैठक बस्ने गरी आह्वान गरिएको छ । जसअनुसार बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्ने भएको छ । त्यस्तै, बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिमिको, ११ बजे कानुन, न्याय तथा मानव...