प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आकस्मिक बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओली आज बेलुका ५ बजे बस्ने गरी मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री ओलीले बिमान दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिन प्रक्रियाका लागि बैठक बोलाएका हुन् ।
बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षणका लागि पोखरा लगिने क्रममा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जहाजमा १९ जना सवार थिए भने क्याप्टेन मनिष शाक्यको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको जनाइएको छ ।
